काठमाण्डौ । चीनमा निजी पेन्सन प्रणालीप्रति आम सर्वसाधारणको आकर्षण व्यापक वृद्धि भईरहेको छ । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयको आँकडाअनुसार करिब २ वर्षको अन्तरालमा चीनमा ६ करोड मानिसले निजी पेन्सन खाता खोलेका छन् ।
चीनमा सन् २०२२ को नोभेम्बरमा निजी पेन्सन प्रणालीको सुरुवात गरिएको थियो । आँकडाअनुसार निजी पेन्सन प्रणालीमा ३१ देखि ४० वर्ष उमेरका मध्य र उच्च आय वर्गीय समूहको उच्च आकर्षण देखिएको छ । यी वर्गका व्यक्तिहरुले पेन्सन खाता खोल्ने र आफ्नो अवकाशका लागि उपयुक्त योजना छनौट गरी खरिद गरिरहेको चीनको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
अहिले चीनमा निजी पेन्सन प्रणालीअन्तर्गत ७६२ वटा विशेष प्रडक्टहरु उपलब्ध छन् । यी मध्ये ४६५ वटा बचतसँग सम्बन्धित प्रडक्ट,१९२ वटा फण्ड प्रडकट,८२ वटा बीमा प्रडक्ट र २३ वपटा सम्पत्ति व्यवस्थापन प्रडक्टहरु छन् ।
सरकाररले प्रवद्र्धन गरेको यो स्वेच्छाकारी र बजार उन्मुख पेन्सन प्रणाली चीनको बेईजिङ,सांघाई गोन्जाव,छेङदु जस्ता ३६ वटा पाइलट सिटी र क्षेत्रहरुमा लागू गरिएको छ । यो स्किमअन्तर्गत व्यक्तिगत पेन्सन खाताबाट वार्षिक १२ हजार युआन(१६८७ डलर)बराबरको रकम योगदान गर्न सकिने व्यवस्था रहेको छ । -एजेन्सी