बिहीबार, श्रावण १४,२०८३ 09:36:24
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:36:24
Bizshala
Global IME Bank Limited

चीनमा बाढीपहिरोका कारण बीमा कम्पनीहरुमा पर्यो ४४० मिलियन डलरबराबरको ९५ हजार दाबी

चीनमा बाढीपहिरोका कारण बीमा कम्पनीहरुमा पर्यो ४४० मिलियन डलरबराबरको ९५ हजार दाबी
New Office

काठमाण्डौ । चीनमा आएको बाढीपहिरोका कारण बीमा कम्पनीहरुको दाबीमा उल्लेख्य वृद्धि भएको छ । बाढीपहिरोले अति प्रभावित चीनका प्रान्तहरुबाट बीमा कम्पनीहरुमा कुल ४४२ मिलियन डलर(३.२१ युआन)बराबरको ९५ हजार दाबी परेको छ ।  

गत जुलाई ११ गतेसम्मको आँकडाअनुसार बीमाको कुल क्षतिपूर्ति र अग्रिम भुक्तानी रकम १.१ बिलियन युआन पुगेको छ । विशेष गरेर चीनका अनहुई,फुजीआन,गुआङडोङ,ग्वाङछी,गुईझोउ,हुनान,जिआङछी,जेइझाङ र अन्य प्रान्तबाट बीमा दाबी परेको छ । कुल बीमा दाबीमा १.०८ बिलियन युआनबराबरको २९ हजार दाबी कृषिसँग सम्बन्धित छन् । कृषिको क्षतिपूर्ति र अग्रिम भुक्तानी २८० मिलियन युआन नाघेको छ । 

चीनमा गत अप्रिल १ गतेदेखि सुरु भएको वर्षातको मौसमका कारण देशका विभिन्न भू–भागमा भारी वर्षा भएको छ ।  

४ जुलाईमा सरकारले आफ्नो ‘ब्लु बुक अन क्लाइमेट चेन्ज अफ चाइना २०२४’नाम प्रतिवेदन जारी गरेको थियो। जुन चीन र विश्वव्यापी रूपमा जलवायु परिवर्तनको अवस्थाको बारेमा नवीनतम निगरानीमा आधारित छ ।  

ब्लू बुकले चीनमा चरम उच्च तापक्रम र भारी वर्षाका घटनाहरू बारम्बार र गम्भीर हुने गरेको र चरम कम तापक्रमका घटनाहरू सामान्यतया घटेको उल्लेख गरेको छ। सन् २०२३ मा चीनको वार्षिक औसत सतहको तापक्रम सामान्यभन्दा ०.८४ डिग्री सेल्सियस बढी थियो । जुन सन् १९०१ यताकै सबैभन्दा बढी हो । -एजेन्सी

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.