मंगलवार, कार्तिक ३,२०८३ 04:39:32
  • मंगलवार, कार्तिक ३,२०८३ 04:39:32
Global IME Bank Limited

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी राहत–उद्धार गर्न रवि लामिछानेको निर्देशन

पार्टी संयन्त्रसँग ब्रिफिङ लिए, सम्पूर्ण तहलाई फिल्डमा समन्वय बढाउन आग्रह

Bizshala
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी राहत–उद्धार गर्न रवि लामिछानेको निर्देशन
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन पार्टीका सबै तह र निकायलाई निर्देशन दिएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि गठन गरिएको संयन्त्रमा आबद्ध नेताहरूसँग छलफल गर्दै लामिछानेले हालसम्म भइरहेको कामबारे जानकारी लिएका हुन्।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सभापति लामिछानेले पार्टीका तर्फबाट भइरहेको खोज, उद्धार र राहतको अवस्थाबारे ब्रिफिङ लिँदै आवश्यक समन्वय बढाएर प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले पार्टीका स्थानीय, जिल्ला तथा केन्द्रीय संयन्त्रबीच समन्वय गर्दै वास्तविक प्रभावितसम्म राहत पुर्‍याउने, उद्धारमा आवश्यक सहयोग गर्ने र फिल्डबाट प्राप्त जानकारी तत्काल सम्बन्धित निकायसम्म पुर्‍याउने कामलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायत तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

बाढीपछि विभिन्न क्षेत्रमा खोज तथा उद्धार जारी रहँदा राजनीतिक दल तथा तिनका संयन्त्रसमेत राहत संकलन, वितरण र प्रभावित क्षेत्रको समन्वयमा सक्रिय भएका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.