मंगलवार, भाद्र १६,२०८३ 05:16:39
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 05:16:39
Bizshala
Global IME Bank Limited

विपद् प्रभावितको उद्धार तथा राहतमा सहजीकरण गर्न संसद् सचिवालयबाट २० कर्मचारी परिचालन

विपद् प्रभावितको उद्धार तथा राहतमा सहजीकरण गर्न संसद् सचिवालयबाट २० कर्मचारी परिचालन
New Office

काठमाण्डौ ।  हालै मुलुकमा घटेको विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतसम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न संघीय संसद् सचिवालयले २० जना कर्मचारी परिचालन गरेको छ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त अनुरोधबमोजिम ती कर्मचारीलाई परिचालन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।

Bizshala
CG Motors

परिचालित कर्मचारीहरूलाई भदौ १४ गते बिहान ९ बजे सम्माननीय प्रधानमन्त्रीको निजी सचिवालयमा पठाइएको हो।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोग पुर्‍याउने कार्यमा सहजीकरण गर्न संघीय संसद् सचिवालयले आफ्नो तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्ने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.