बुधबार, कार्तिक ११,२०८३ 06:50:35
  • बुधबार, कार्तिक ११,२०८३ 06:50:35
Global IME Bank Limited

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका कबीर महर्जनको अवस्था जटिल: प्रधानमन्त्री कार्यालय

Bizshala
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका कबीर महर्जनको अवस्था जटिल: प्रधानमन्त्री कार्यालय
New Office

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको छ।

दोस्रो चरणमा उद्धार गरिएका महर्जनलाई तत्काल काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको थियो। अस्पतालमा भर्ना गरिएका उनको सघन उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सुरुङबाट सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। स्वास्थ्य स्थिर देखिए पनि थप परीक्षण तथा चिकित्सकीय निगरानीका लागि उनलाई पनि वीरेन्द्र सैनिक अस्पताल ल्याइँदै छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञ सम्मिलित संयुक्त टोलीले शुक्रबार बिहान साह र महर्जनलाई सुरुङबाट उद्धार गरेको हो। बाढीका कारण सुरुङको प्रवेशमार्ग अवरुद्ध भएपछि उनीहरू लामो समयदेखि भित्र फसेका थिए।

Garima Development Bank
Bizshala
IME remit

आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंका भएपछि बाढी आएको दिनदेखि नै सुरक्षा निकाय र प्राविधिक टोलीले निरन्तर खोज तथा उद्धारको प्रयास गरिरहेका थिए। अत्यन्त कठिन भौगोलिक अवस्था, सुरुङभित्र जमेको लेदो तथा ढुंगाका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको थियो।

लामो प्रयासपछि दुई जनालाई जीवितै निकाल्न सफल भए पनि महर्जनको स्वास्थ्य अवस्था जटिल रहेकाले चिकित्सकको विशेष निगरानीमा राखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.