मंगलवार, आश्विन १३,२०८३ 10:46:21
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 10:46:21
Bizshala
Global IME Bank Limited

रसुवा बाढीका घाइते भेट्न अस्पताल पुगे ऊर्जामन्त्री श्रेष्ठ

Bizshala
रसुवा बाढीका घाइते भेट्न अस्पताल पुगे ऊर्जामन्त्री श्रेष्ठ
New Office

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारी भेट गरेका छन् ।  

आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचारत घाइते कर्मचारी र उनीहरूको परिवारसँग भेट गरि स्वास्थ स्थितिबारे जानकारी लिएका हुन् ।  

मन्त्री श्रेष्ठले त्रिशुली थ्री ए जलविद्युत् आयोजनाबाट उद्वार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई भेटेको स्वकिय सचिव सन्जिव महर्जनले जानकारी दिए । उनकाअनुसार मन्त्री श्रेष्ठले कबिर महर्जनका परिवारसँग पनि भेट गरि हौसला प्रदान गरेका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी मन्त्री श्रेष्ठले माथिल्लो त्रिशुली १ बाट उद्वार गरिएका चिनियाँ नागरिकसँग पनि भेट गरेका छन् । स्याफ्रुबाट उद्वार गरिएकी एक किशोरीलाई पनि मन्त्री श्रेष्ठले भेटेका छन् ।  

‘उहाँहरूको स्वास्थ अवस्था सुधारोन्मुख छ । पानी र लेदोबाट भएका घाउहरू निको हुँदैछ । शारीरिक घाउ चोटहरू निको हुन थालेको छ’ मन्त्री श्रेष्ठले भने, ‘ अब उहाँहरुलाई मानसिक र मनोवैज्ञानिक परामर्श आवश्यक छ ।’

मन्त्री श्रेष्ठले उपचारमा खटिएका स्वास्थ्यकर्मी र उद्वारकर्मी सबैलाई धन्यवाद पनि दिए । स्वास्थ्यकर्मीले पनि एकदमै राम्रोसँग रेखदेख गरेको उनले बताए । 

छाउनी अस्पतालका डा. कर्णेल कुमार रोकाले मन्त्री श्रेष्ठलाई घाइतेको अवस्थाबारे जानकारी गराएका थिए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.