Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 09:18:19
Bizshala
Global IME Bank Limited

संघीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयक र प्रतिवेदन कार्यसूचीमा

संघीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयक र प्रतिवेदन कार्यसूचीमा
New Office

काठमाण्डौ । संघीय संसद्का दुवै सदनको बैठक आज बिहीबार बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजेका लागि बोलाइएको छ।

आजको बैठकका लागि विभिन्न विधेयक, प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै, उनले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछन्।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति शोक प्रस्तावसमेत प्रस्तुत गरिने कार्यसूची छ।

उता, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगका आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन पेस गर्नेछन्।

प्रधानमन्त्री शाहले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

उक्त विधेयकमाथि राष्ट्रियसभामा छलफल गरी पारित गर्ने कार्यसूचीसमेत तय गरिएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दुवै सदनमा विभिन्न विधेयक अघि बढाउने, प्रतिवेदन पेस गर्ने तथा समसामयिक संसदीय प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम रहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.