काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन्।
गौरीकुमारी यादवले बिहीबार उद्योगमन्त्रीबाट राजीनामा दिएपछि रिक्त भएको मन्त्रालयको जिम्मेवारी साहलाई दिन लागिएको हो।
मन्त्री बन्ने भएपछि आफ्नो निर्वाचन क्षेत्रमा रहेका साह काठमाण्डौ फर्किएको बताइएको छ।
पछिल्लो समय खाना पकाउने ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनलाई लिएर चौतर्फी आलोचना भएपछि उद्योगमन्त्री यादवले बिहीबार पदबाट राजीनामा दिएकी थिइन्।
अब साहले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारीसँगै ग्यास आपूर्ति सहज बनाउने, बजारमा देखिएको अभाव नियन्त्रण गर्ने र उद्योगी–सरकारबीच चर्किएको विवाद व्यवस्थापन गर्ने चुनौती तत्काल सामना गर्नुपर्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।