आईतवार, भाद्र २८,२०८३ 01:05:23
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 01:05:23
Bizshala
Global IME Bank Limited

मधेसमा तीन वर्षभित्र इन्जिनियरिङ क्याम्पस, स्थान छनोटका लागि अध्ययन समिति बन्ने

मधेसमा तीन वर्षभित्र इन्जिनियरिङ क्याम्पस, स्थान छनोटका लागि अध्ययन समिति बन्ने
New Office

 

काठमाण्डौ । सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी तीव्र बनाएको छ।

मधेसमै गुणस्तरीय प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले काठमाण्डौसहित अन्य प्रदेश धाउनुपर्ने बाध्यता घटाउने उद्देश्यसहित सरकारले नयाँ क्याम्पस स्थापनाको प्रक्रिया अघि बढाएको हो।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्न विशेष अध्ययन समिति गठन गरिनेछ। समितिले सम्भावित स्थान, पूर्वाधार, विद्यार्थीको पहुँच, शैक्षिक वातावरण तथा दीर्घकालीन सम्भाव्यता अध्ययन गरेपछि त्यसकै प्रतिवेदनका आधारमा स्थान टुंगो लगाइनेछ।

सरकारले आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने लक्ष्यसहित आन्तरिक तयारी गरिरहेको मन्त्री पोखरेलले बताएका छन्।

मधेसबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाण्डौ, धरान, पोखरा, चितवनलगायतका स्थानमा जाने गरेका छन्। यसले विद्यार्थी र अभिभावकमाथि शैक्षिक शुल्कबाहेक बसोबास, यातायात र दैनिक खर्चको अतिरिक्त आर्थिक भार थप्दै आएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नयाँ क्याम्पस स्थापना भएपछि मधेसका विद्यार्थीले आफ्नै प्रदेशमा इन्जिनियरिङ शिक्षा हासिल गर्न सक्ने र बाहिर जानुपर्ने बाध्यता कम हुने सरकारको अपेक्षा छ।

सरकारले प्रस्तावित क्याम्पसलाई परम्परागत पठनपाठनमा मात्र सीमित नराखी अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक प्रविधिको केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ।

आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार, प्रयोगात्मक शिक्षा तथा उद्योगसँग जोडिने प्राविधिक सीपलाई प्राथमिकता दिने तयारी गरिएको छ। यसबाट स्थानीयस्तरमै अनुसन्धान संस्कृति विकास हुनुका साथै मधेसमा प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पस पुल्चोक, थापाथली, धरान, पोखरा र चितवनमा सञ्चालनमा छन्।

मधेसमा नयाँ क्याम्पस स्थापना भए त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ शिक्षाको भौगोलिक पहुँच थप विस्तार हुनेछ भने प्रदेशभित्रै प्राविधिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनको नयाँ केन्द्र निर्माण हुने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.