बुधबार, भाद्र ३१,२०८३ 01:11:50
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 01:11:50
Bizshala
Global IME Bank Limited

भोटेकोशी विपद्पछि दलहरू फेरि एक ठाउँमा, सिंहदरबारमा सर्वदलीय बैठक सुरु

भोटेकोशी विपद्पछि दलहरू फेरि एक ठाउँमा, सिंहदरबारमा सर्वदलीय बैठक सुरु
New Office

 

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।

रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान सुरु भएको बैठकको मुख्य एजेन्डा भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माण, पुनःस्थापना तथा विपद् व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने रहेको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई बैठकमा आमन्त्रण गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा राजनीतिक दलहरूबीच समन्वय बढाउने विषयमा समेत छलफल हुने बताइएको छ।

भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधन तथा पूर्वाधार क्षति भएको थियो।

Shivam Cement
Bizshala
CG Motors

त्यसको भोलिपल्ट बसेको सर्वदलीय बैठकले खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित १० बुँदे साझा सङ्कल्प गरेको थियो। उक्त बैठकले राहत तथा उद्धारलाई राजनीतिक प्रभावबाट अलग राख्ने र संवेदनशील सूचना प्रवाहमा दलहरूबीच समन्वय गर्ने विषयसमेत समेटेको थियो।

त्यसपछि भदौ १५ गते बसेको अर्को सर्वदलीय बैठकले यसअघि गरिएको १० बुँदे सङ्कल्पलाई कार्यान्वयनमा लैजाने विषयमा जोड दिएको थियो।

आजको बैठक भने विपद्पछिको चरणलाई थप संस्थागत ढंगले अघि बढाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा केन्द्रित छ।

बैठकबाट संयन्त्रको स्वरूप, जिम्मेवारी तथा पुनर्निर्माण र पुनःस्थापनामा राजनीतिक दलहरूको भूमिकाबारे साझा धारणा बनाउने अपेक्षा गरिएको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.