बुधबार, भाद्र ३१,२०८३ 01:07:15
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 01:07:15
Bizshala
Global IME Bank Limited

सर्वोच्चको नयाँ भवन पनि असुरक्षित ? छोटो समयमै दोस्रो आगलागी,मुद्दा फाँटका कम्प्युटर जले

सर्वोच्चको नयाँ भवन पनि असुरक्षित ? छोटो समयमै दोस्रो आगलागी,मुद्दा फाँटका कम्प्युटर जले
New Office

 

काठमाण्डौ। सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी भएको छ।

बुधबार बिहान करिब साढे ८ बजे नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगो लागेको पाइएको हो। आगलागी २० र २१ नम्बर फाँटमा भएको बताइएको छ।

प्रारम्भिक विवरणअनुसार आगलागीबाट तीनवटा कम्प्युटर जलेका छन्। अन्य कागजात वा उपकरणमा थप क्षति पुगे–नपुगेको विषयमा विस्तृत विवरण आउन बाँकी छ।

न्यायकर्मी हरि भट्टराईले आगलागी स्थलका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। उनले सर्वोच्चको नयाँ भवनमा फेरि आगलागी भएको उल्लेख गर्दै थप सावधानी अपनाउनुपर्ने बताएका छन्।

Shivam Cement
Bizshala
CG Motors

सर्वोच्च अदालतमा छोटो समयमै आगलागी भएको यो दोस्रो घटना हो। यसअघि यही भदौ १७ गते राति पनि सर्वोच्चको अभिलेख शाखामा आगलागी भएको थियो।

त्यसभन्दा अघि गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको पुरानो भवनमा आगजनी भएको थियो।

पुरानो भवनमा क्षति पुगेपछि सर्वोच्च अदालतको सेवा नयाँ भवनबाट सञ्चालन हुँदै आएको छ। नयाँ भवनमै पटक–पटक आगलागीका घटना देखिन थालेपछि विद्युत् सुरक्षा र भवन व्यवस्थापनको विषयमा समेत प्रश्न उठेको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.