बुधबार, भाद्र ३१,२०८३ 02:22:04
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 02:22:04
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री शाह र कार्यवाहक अमेरिकी राजदूत बोल्डिनबीच भेट, विपद् पुनर्निर्माणमा अमेरिकी सहयोगको प्रतिबद्धता

प्रधानमन्त्री शाह र कार्यवाहक अमेरिकी राजदूत बोल्डिनबीच भेट, विपद् पुनर्निर्माणमा अमेरिकी सहयोगको प्रतिबद्धता
New Office

 

काठमाण्डौ। प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा पछिल्लो विपद्, राहत तथा पुनःस्थापना, जलवायु परिवर्तन, पर्यटन र अमेरिकी लगानीका विषयमा छलफल भएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारले व्यक्त गरेको ऐक्यबद्धता तथा सहयोगप्रति आभार व्यक्त गरे।

उनले पछिल्लो विपद्बाट नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण नेपालले गम्भीर जोखिम सामना गरिरहेको बताए।

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा त्यसबाट सिर्जित प्रभावको सामना गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

भेटमा नेपालको पर्यटन सम्भावनाबारे पनि छलफल भएको थियो। प्रधानमन्त्री शाहले पर्यटन क्षेत्रको विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ विस्तार गर्न सकिने उल्लेख गर्दै अमेरिकी लगानीलाई नेपालले स्वागत गर्ने बताए।

नेपालमा पर्यटन, पूर्वाधार तथा अन्य सम्भावनायुक्त क्षेत्रमा अमेरिकी लगानीका लागि पर्याप्त अवसर रहेको प्रधानमन्त्रीको भनाइ थियो।

Shivam Cement
Bizshala
CG Motors

रसुवा बाढीप्रति अमेरिकी समवेदना

भेटका क्रममा कार्यवाहक अमेरिकी राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिन्।

उनले शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताइन्।

बोल्डिनले राहत, पुनःस्थापना तथा पुनर्निर्माणका काममा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको जानकारीसमेत गराएकी छन्।

भेटमा दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने तथा विपद्पछिको पुनःनिर्माण, जलवायु चुनौती र आर्थिक साझेदारीका सम्भावनाबारे समेत छलफल भएको थियो।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.