काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहले सोमबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग छलफल गरेका हुन्।
भेटवार्तामा समसामयिक राजनीतिक विषय तथा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघ भ्रमणका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाह मंगलबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्नेछन्। महासभामा नेपालका तर्फबाट समसामयिक अन्तर्राष्ट्रिय विषय तथा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।