मंगलवार, आश्विन ६,२०८३ 06:07:22
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 06:07:22
Bizshala
Global IME Bank Limited

दसैंअघि राजमार्गका खाल्डाखुल्डी पुर्न रास्वपा सचेतक परियारको माग

दसैंअघि राजमार्गका खाल्डाखुल्डी पुर्न रास्वपा सचेतक परियारको माग
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै नागरिकको सुरक्षित र सहज यात्राका लागि तत्काल पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजमार्गका खाल्डाखुल्डी पुर्ने, अग्रिम टिकट बुकिङ व्यवस्थित गर्ने र सार्वजनिक यातायातको भाडादर नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका हुन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

परियारले दसैं मनाउन काठमाडौं उपत्यकाबाट मात्रै बर्सेनि १५ लाखभन्दा बढी नागरिक आफ्नो थातथलो फर्कने गरेको उल्लेख गर्दै विगतका वर्षमा यात्रुले भोग्दै आएका समस्या दोहोरिन नदिन समयमै तयारी आवश्यक रहेको बताए।

उनले विगतमा टिकट पाउन कठिन हुने, क्षमताभन्दा बढी यात्रु राखेर सवारी सञ्चालन हुने, जीर्ण सडकका कारण यात्रुले सास्ती भोग्नुपर्ने तथा मनपरी भाडा असुली हुने समस्या देखिएको भन्दै सरकारलाई यसतर्फ सचेत गराए।

उनले भने, “तत्काल राजमार्गका खाल्डाखुल्डी पुरियोस्, अग्रिम टिकटलाई व्यवस्थित गरियोस्, भाडादर नियन्त्रण गरी सुरक्षित यात्रा सुनिश्चित गरियोस्।”

समस्या आइसकेपछि मात्रै सक्रिय हुने सरकारी प्रवृत्ति परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो। उनले सरकारलाई पूर्वतयारीमा जोड दिन आग्रह गर्दै “आगलागीपछि मात्र कुवा खन्ने शैली पाल्ने होइन, फाल्ने हो। तब न बालेन सरकार!” भनेका थिए।

चाडपर्वका समयमा यातायात क्षेत्रमा देखिने अस्तव्यस्तता, टिकट अभाव, बढी भाडा असुली तथा सडकको खराब अवस्थाका कारण यात्रुले भोग्ने समस्या न्यूनीकरण गर्न सरकारले समयमै समन्वित तयारी गर्नुपर्नेमा परियारले जोड दिएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.