बुधबार, आश्विन ७,२०८३ 05:28:23
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 05:28:23
Bizshala
Global IME Bank Limited

टाइफुन डुजुआनले जापानमा मच्चायो कहर, ९ जनाको मृत्यु, ४ बेपत्ता

Bizshala
टाइफुन डुजुआनले जापानमा मच्चायो कहर, ९ जनाको मृत्यु, ४ बेपत्ता
New Office

 

काठमाण्डौ । जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन्।

सोमबार कान्तो क्षेत्रमा भएको अत्यधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो निम्त्याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

चिबा प्रिफेक्चरमा मात्रै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये करिब ५० वर्षका एक पुरुष पहिरोबाट थुप्रिएको माटो तथा भग्नावशेष हटाउने क्रममा भारी मेसिन चलाइरहेका बेला बाँसघारीमा खसेर ज्यान गुमाएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, बाढीमा डुबेको एउटा सवारीसाधनभित्र एक पुरुषको शव फेला परेको छ।

कानागावा प्रिफेक्चरमा पनि ३ जनाको मृत्यु भएको छ। त्यहाँ करिब ६० वर्षकी एक महिलाको घरमाथि पहिरो खस्दा माटोले घर पुरिएपछि उनको मृत्यु भएको जनाइएको छ।

चार जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी तथा उद्धारका लागि प्रहरी तथा अग्निनियन्त्रक परिचालन गरिएको छ।

टाइफुन डुजुआन सोमबार जापानको पूर्वी प्रशान्त तटीय क्षेत्रमा पुगेपछि कान्तो क्षेत्र र इजु द्वीपसमूहमा रेकर्डस्तरको वर्षा भएको थियो।

भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेका छन् भने नदीमा आएको बाढीले टोकियो आसपासका क्षेत्रसमेत प्रभावित भएका छन्।

हालसम्म चिबा, कानागावा र इबाराकी प्रिफेक्चरमा ५०० भन्दा बढी भवन ध्वस्त, क्षतिग्रस्त वा बाढीबाट प्रभावित भएका छन्।

त्यस्तै, बुधबार बिहान ६ बज्नुअघिसम्म प्राप्त विवरणअनुसार चिबा र कानागावा प्रिफेक्चरका २४ हजार ७०० भन्दा बढी घरपरिवार विद्युत् सेवाबाट वञ्चित भएका छन्।

प्रभावित क्षेत्रमा खोज, उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको जनाइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.