बिहीबार, आश्विन ८,२०८३ 06:46:58
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 06:46:58
Bizshala
Global IME Bank Limited

बालश्रम विधेयकमा १६७ संशोधन प्रस्ताव, १३ वर्ष पुगेकालाई हलुका काममा लगाउने प्रावधानमाथि पनि बहस

Bizshala
बालश्रम विधेयकमा १६७ संशोधन प्रस्ताव, १३ वर्ष पुगेकालाई हलुका काममा लगाउने प्रावधानमाथि पनि बहस
New Office

 

काठमाण्डौ । प्रतिनिधिसभामा विचाराधीन बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि सांसदहरूले १६७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्।

विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएपछि सांसदहरूलाई संशोधन दर्ताका लागि दिइएको ७२ घण्टाको समयभित्र २० समूहमा गरी १६७ वटा संशोधन प्रस्ताव दर्ता भएका हुन्।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गत साउन १४ गते प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गरेका थिए। भदौ ३ गते प्रतिनिधिसभामा विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो।

संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूमा गंगादेवी श्रेष्ठ, भीमकुमारी बुढामगर, साजिदा खातुन सिद्धिकी, ऐनबहादुर महर, भरतकुमार स्वार, रुक्मिणीदेवी कोइराला, खड्ग शाही, रेखाकुमारी यादव, कालीबहादुर सहकारी, हरिनादेवी कामी, नीनुकुमारी कर्ण, कृपाराम राना र परशुराम तामाङ छन्।

त्यस्तै अनुष्का श्रेष्ठ, क्रान्तिशिखा धिताल, गणेश कार्की, डा. प्रमिलाकुमारी गच्छदार, गुरुप्रसाद बराल, मनिष झा, कमल सुवेदी, ज्ञानु पौड्याल, भूमिका श्रेष्ठ, सुष्मा स्वर्णकार ‘डिम्पल’, रन्जु न्यौपाने, सृष्टि भट्टराई, सुजाता तामाङ, प्रकाशचन्द्र परियार, लिमा अधिकारी आचार्य र रमेशकुमार मल्लले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

१३ वर्ष पुगेकालाई ‘हलुका काम’ गर्न दिने प्रस्ताव

विधेयकको महत्वपूर्ण प्रावधानमध्ये १३ वर्ष उमेर पूरा गरेका बालबालिकालाई हलुका प्रकृतिको काममा लगाउन सकिने व्यवस्था पनि छ।

विधेयकको दफा ३ मा १५ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई बाल विकाससँग सम्बन्धित कामबाहेक अन्य काममा लगाउन नपाइने प्रस्ताव छ। तर १३ वर्ष पुगेका बालबालिकालाई निश्चित सर्तमा हलुका काममा लगाउन सकिने व्यवस्था विधेयकमा समेटिएको छ।

सांसदहरूले विधेयकको प्रस्तावनादेखि विभिन्न दफासम्म संशोधन प्रस्ताव राखेका छन्।

अब मूल विधेयक र सांसदहरूले दर्ता गरेका संशोधन प्रस्तावलाई सँगै राखेर प्रतिनिधिसभामा छलफल हुनेछ।

प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ। दुवै सदनबाट पारित भएपछि उत्पत्ति भएको सदनको नेतृत्वमार्फत प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.