आईतवार, आश्विन ११,२०८३ 03:12:59
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 03:12:59
Bizshala
Global IME Bank Limited

वर्षा–बाढीले विद्युत् संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

वर्षा–बाढीले विद्युत् संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित
New Office

 

काठमाण्डौ । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। प्राकृतिक विपद्को असरले केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा बढेको पानीको बहावका कारण विभिन्न जलविद्युत् आयोजनाको उत्पादनसमेत प्रभावित भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा रहेका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। त्यस्तै, कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा पनि फल्ट देखिएको छ।

उक्त समस्याका कारण कालीगण्डकी करिडोर प्रसारण लाइनमा जोडिएका आयोजनाबाट उत्पादन हुने करिब ३५८ मेगावाट विद्युत् प्रभावित भएको प्राधिकरणले जनाएको छ।

बाढीको जोखिम बढेपछि सुरक्षालाई ध्यानमा राख्दै कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, माथिल्लो मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी र मोदीलगायतका जलविद्युत् केन्द्रको उत्पादनसमेत अस्थायी रूपमा बन्द गरिएको छ।

लगातारको वर्षा र बाढीपहिरोबाट २२० केभी, १३२ केभी, ३३ केभी तथा ११ केभी क्षमताका विभिन्न प्रसारण तथा वितरण संरचनामा पनि क्षति पुगेको छ। यसका कारण केही क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण संकलनसँगै वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति सञ्चालन गर्ने र क्षतिग्रस्त संरचना मर्मत गर्ने काम सुरु गरिएको प्राधिकरणले जनाएको छ। यसका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ।

सम्भव भएका स्थानमा वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको छ। तर भारी वर्षा, बाढीपहिरो तथा सडक अवरुद्ध भएका कारण केही प्रभावित क्षेत्रमा प्राविधिक टोली र उपकरण पुर्‍याउन कठिनाइ भइरहेको छ।

सडक तथा पहुँचमार्ग सञ्चालनमा आएलगत्तै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम तीव्र पारिने प्राधिकरणले जनाएको छ।

प्राकृतिक विपद्का कारण प्रभावित विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न उपलब्ध सबै स्रोतसाधन उच्च प्राथमिकताका साथ परिचालन गरिएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले विपद्को समयमा संयमित र सतर्क रहन आग्रह गर्दै क्षतिग्रस्त विद्युत् संरचना, ढलेका पोल तथा भुइँमा खसेका तार नजिक नजान सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.