आईतवार, आश्विन ११,२०८३ 04:27:54
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 04:27:54
Bizshala
Global IME Bank Limited

अमेरिकाको उत्तर–पूर्वमा शक्तिशाली आँधी, न्यूयोर्क र न्यु जर्सीमा आपत्काल घोषणा

अमेरिकाको उत्तर–पूर्वमा शक्तिशाली आँधी, न्यूयोर्क र न्यु जर्सीमा आपत्काल घोषणा
New Office

काठमाण्डौ । अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा शक्तिशाली आँधीसँगै भारी वर्षा भएपछि तटीय क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ। तीव्र हावा र भारी वर्षाका कारण विद्युत् आपूर्ति तथा यातायात सेवा प्रभावित भएका छन् भने खराब मौसमका कारण स्टेडियममा आयोजना हुने केही कार्यक्रमसमेत रद्द गरिएका छन्।

अमेरिकाको नेसनल वेदर सर्भिसका अनुसार शनिबार न्यूयोर्क सिटी, बोस्टनलगायतका क्षेत्रमा तीव्र हावा र भारी वर्षा भएको छ। न्यूयोर्क र न्यु जर्सीमा आपत्काल घोषणा गरिएको छ।

दुवै राज्यका केही तटीय क्षेत्रमा जलभराव भएको छ। भर्जिनियादेखि मेनसम्मका क्षेत्रमा थप वर्षा र तीव्र हावाको पूर्वानुमान गरिएको छ। न्यु जर्सीको सर्फ सिटीमा शुक्रबार बाढीका कारण जलमग्न सडकमा मानिसहरू आवतजावत गरिरहेको दृश्य सार्वजनिक भएको छ।

यसैबीच, थाइल्यान्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि बाढीको आपत्काल घोषणा गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बिहीबारदेखि बैंककमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। अत्यधिक वर्षाका कारण शहरका कैयौं सडक जलमग्न भएका छन् भने यातायात व्यवस्था प्रभावित भएको छ।

बैंकक मेट्रोपोलिटन प्रशासनले आइतबार वर्षा रोकिए पनि शहरका नहरमा पानीको सतह अझै उच्च रहेको जनाएको छ। शहरका गभर्नरले बाढीको जोखिम अझै कायम रहेको चेतावनी दिएका छन्।

प्रशासनले सर्वसाधारणलाई सम्भव भएसम्म घरमै बस्न आग्रह गरेको छ। नहर आसपास बसोबास गर्ने नागरिकलाई घरभित्रका महत्वपूर्ण सामान तथा सामग्री माथिल्लो तलामा सार्नसमेत सुझाव दिइएको छ।

थाइल्यान्डमा यो मौसममा सामान्यतया मेघगर्जनसहित वर्षा हुने भए पनि पछिल्ला दिनमा भएको अत्यधिक वर्षाले बैंककको जलनिकास प्रणालीमा थप दबाब सिर्जना गरेको छ। यसको प्रभाव शहरका व्यस्त सडकमा समेत परेको छ र यातायात सञ्चालनमा ठूलो समस्या देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.