बुधबार, कार्तिक ११,२०८३ 01:27:49
  • बुधबार, कार्तिक ११,२०८३ 01:27:49
Global IME Bank Limited

नारायणीको जलसतह घट्दो क्रममा, अन्य प्रमुख नदीमा बाढीको जोखिम टर्‍यो

Bizshala
नारायणीको जलसतह घट्दो क्रममा, अन्य प्रमुख नदीमा बाढीको जोखिम टर्‍यो
New Office

 

काठमाण्डौ । लगातारको वर्षापछि बढेको देशका अधिकांश प्रमुख नदीहरूको जलसतह घटेर सामान्य अवस्थामा फर्किन थालेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणीबाहेक अन्य प्रमुख तथा सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल झरिसकेको छ ।

महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार नारायणी नदीको जलसतह भने अझै सतर्कता तहभन्दा माथि छ । यद्यपि पानीको बहाव निरन्तर घट्दो क्रममा रहेको जनाइएको छ ।

देवघाटस्थित नारायणी नदी मापन केन्द्रमा आज दिनभर पानीको बहावमा सामान्य घटबढ हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था कायमै रहेको छ । महाशाखाले त्यहाँ पहेँलो संकेत राखेको छ । भोलिदेखि नारायणीको अवस्था पनि पूर्ण रूपमा सामान्य हुने पूर्वानुमान गरिएको छ ।

पाँच दिने बाढी पूर्वानुमानअनुसार कोशी, कर्णाली र महाकालीजस्ता ठूला नदी प्रणालीमा तत्काल बाढीको जोखिम देखिएको छैन । आगामी असोज १६ गतेसम्म यी नदीका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई नदीमा पानीको बहाव सामान्य घटबढ मात्र हुने अनुमान छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

महाशाखाले यी नदीहरूमा आगामी पाँच दिनसम्म बाढीको जोखिम न्यून रहेको जनाउँदै हरियो संकेत राखेको छ ।

देशका साना नदी तथा खोलाहरूमा पनि तत्काल बाढी वा आकस्मिक बहावको जोखिम नदेखिएको महाशाखाले जनाएको छ । आजदेखि असोज १४ गतेसम्म अधिकांश साना नदीहरूको बहाव सामान्य रहने पूर्वानुमान छ ।

यस्तै, आगामी २४ घण्टामा देशभर फ्ल्यास फ्लड अर्थात् आकस्मिक बाढीको सम्भावना न्यून रहेको जनाइएको छ । महाशाखाले देशभरका साना नदी तथा खोलामा जोखिम न्यून रहेको संकेत गर्दै अधिकांश क्षेत्रलाई हरियो श्रेणीमा राखेको छ ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.