सोमबार, आश्विन १२,२०८३ 04:15:05
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 04:15:05
Bizshala
Global IME Bank Limited

अध्यादेशले हटाएका ८५ ऐनका पुराना व्यवस्था फेरि जगाउने विधेयक संसद्‍मा प्रस्तुत

Bizshala
अध्यादेशले हटाएका ८५ ऐनका पुराना व्यवस्था फेरि जगाउने विधेयक संसद्‍मा प्रस्तुत
New Office

 

काठमाण्डौ । सरकारले यसअघि अध्यादेशमार्फत निष्क्रिय बनाइएका ८५ वटा ऐनका साविकका व्यवस्था पुनः कायम गर्ने उद्देश्यसहित ल्याएको ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी हुन् । विधेयक यसअघि असोज ६ गते संसद्‍मा दर्ता भएको थियो । 

यसअघि सरकारले वैशाख १९ गते ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्दै ११० वटा प्रचलित ऐनका विभिन्न प्रावधान संशोधन गरेको थियो ।

उक्त अध्यादेशमार्फत विभिन्न सार्वजनिक निकायमा कार्यरत १ हजार ५३४ पदाधिकारी पदमुक्त भएको विवरण सार्वजनिक भएको थियो । तर तीमध्ये धेरै रिक्त पदमा नयाँ नियुक्ति भइसकेको छैन ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अध्यादेश निष्क्रिय भएपछि सरकारले त्यसले संशोधन गरेका ११० ऐनमध्ये ८५ वटा ऐनका साविकका व्यवस्था पुनः कायम गर्ने प्रस्तावसहित नयाँ विधेयक अघि बढाएको हो । यससम्बन्धी विवरणमा ११० कानुन संशोधन गरिएको र अहिले ८५ ऐनका पुराना प्रावधान पुनर्जीवित गर्ने प्रस्ताव गरिएको उल्लेख छ । 

विधेयक प्रस्तुत गर्दै कानुनमन्त्री गौतमले अध्यादेश निष्क्रिय भएपछि अध्यादेश जारी हुनुअघि कायम रहेका केही कानुनी व्यवस्था पुनः कायम गर्न आवश्यक भएकाले विधेयक ल्याइएको बताइन् ।

सरकारको प्रस्तावअनुसार विधेयक संसद्‍बाट पारित भए अध्यादेशले निष्क्रिय बनाएका ८५ ऐनका सम्बन्धित व्यवस्था पुनः साविककै रूपमा लागू हुनेछन् ।

यससँगै अध्यादेशमार्फत सार्वजनिक पदाधिकारी हटाइएका विभिन्न संस्थामा अबको नियुक्ति, जिम्मेवारी तथा कानुनी संरचना कसरी अघि बढ्छ भन्ने विषयमा पनि चासो बढेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.