सोमबार, आश्विन १२,२०८३ 05:17:04
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 05:17:04
Bizshala
Global IME Bank Limited

शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर

Bizshala
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
New Office

काठमाण्डौ । शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार हरेक दिन ८ जना भाग्यशाली विजेताले २ हजार ४९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्नेछन्। त्यसैगरी, हरेक साता १० जना विजेताले १० हजार ९९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ जित्नेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

योजनाको बम्पर पुरस्कारअन्तर्गत ४ जना भाग्यशाली विजेताले ४ रात ५ दिनको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुन ग्राहकले नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गरी मोबाइलको आईएमईआई नम्बर +९७७ ९७०२६६५७९० नम्बरको ह्वाट्सएपमा पठाउनुपर्नेछ। यसका लागि ‘MI IMEI Number 1’ वा ‘MI IMEI Number 2’ टाइप गरी पठाउन सकिनेछ।

विजेताको छनोट लक्की ड्रमार्फत गरिनेछ भने नतिजा शाओमी नेपालको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ।

यो योजना असोज ९ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ। योजनामा सहभागी ग्राहकले कम्पनीले तोकेका नियम तथा सर्त पालना गर्नुपर्नेछ।

चाडपर्वको अवसरलाई थप विशेष बनाउने उद्देश्यले ल्याइएको यो योजनामार्फत शाओमी नेपालले मोबाइल फोन खरिदसँगै आकर्षक उपहार तथा थाइल्यान्ड भ्रमणको अवसर उपलब्ध गराएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.