सोमबार, आश्विन १२,२०८३ 07:39:15
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 07:39:15
Bizshala
Global IME Bank Limited

एनआरएनएसँग प्रचण्डको प्रतिबद्धता– वंशजको नागरिकताको विषयमा सकारात्मक छु, नीतिगत पहल गर्छु

Bizshala
एनआरएनएसँग प्रचण्डको प्रतिबद्धता– वंशजको नागरिकताको विषयमा सकारात्मक छु, नीतिगत पहल गर्छु
New Office

 

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डल र नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार प्रचण्डसँग भेट गरी गैरआवासीय नेपालीसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेको हो ।

भेटका क्रममा एनआरएनए प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्रमा संघका तर्फबाट हालसम्म गरिएको राहत तथा उद्धार कार्यबारे जानकारी गराएको थियो । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता प्रतिनिधिमण्डलले जनाएको छ ।

प्रचण्डले विपद् तथा संकटका बेला गैरआवासीय नेपाली समुदायले पुर्‍याउँदै आएको मानवीय सहयोगको प्रशंसा गरेका छन् ।

भेटमा विदेशमा बसोबास गर्ने नेपालीका लागि वंशजको नागरिकताको निरन्तरताको विषय पनि उठाइएको थियो ।

एनआरएनए प्रतिनिधिहरूले नेपाली मूलका नागरिकको पहिचान, आर्थिक तथा सामाजिक सम्बन्धलाई निरन्तरता दिन वंशजको नागरिकताको व्यवस्था महत्वपूर्ण रहेको बताएका थिए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जवाफमा प्रचण्डले आफू गैरआवासीय नेपालीका लागि वंशजको नागरिकताको विषयमा सुरुवाती दिनदेखि नै सकारात्मक रहेको बताएका छन् ।

उनले राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्ने गरी आवश्यक व्यवस्था गर्न सकिने विषयमा आफू स्पष्ट रहेको उल्लेख गरे ।

प्रचण्डले नेपाली मूलका नागरिकको पहिचानलाई कायम राख्न आवश्यक नीतिगत पहल गर्ने आश्वासनसमेत दिएका छन् ।

विदेशमा रहेका नेपालीको सीप, पुँजी र प्रविधि नेपालमा भित्र्याउन नागरिकताको निरन्तरताले थप सहज वातावरण बनाउने उनको भनाइ थियो ।

यस विषयलाई अन्य राजनीतिक दलसँग पनि संवाद गरेर निष्कर्षमा पुर्‍याउन पहल गर्ने प्रचण्डले एनआरएनए प्रतिनिधिमण्डललाई बताएका छन् ।

भेटमा एनआरएनएले गैरआवासीय नेपालीको दीर्घकालीन पहिचान, लगानी र मातृभूमिसँगको सम्बन्धलाई संस्थागत गर्न नागरिकतासम्बन्धी नीतिगत स्पष्टता आवश्यक रहेको धारणा राखेको थियो ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.