बुधबार, आश्विन १४,२०८३ 03:11:38
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 03:11:38
Bizshala
Global IME Bank Limited

स्थानीय चुनावको तयारीमा रास्वपा, असोज २० देखि ७५३ वटै पालिकामा अभियान

Bizshala
स्थानीय चुनावको तयारीमा रास्वपा, असोज २० देखि ७५३ वटै पालिकामा अभियान
New Office

 

काठमाण्डौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशव्यापी पालिका अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले असोज २० गतेदेखि ७७ जिल्लाका ७५३ वटै पालिकामा सांसद तथा केन्द्रीय सदस्य परिचालन गर्ने तयारी गरेको हो।

संघीय संसद्को चालु अधिवेशन सकिएपछि प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्यलाई पालिकास्तरमा पठाइने रास्वपाले जनाएको छ।

रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानमार्फत पार्टीले नागरिकका गुनासा र सुझाव सुन्नुका साथै आफ्ना राजनीतिक तथा नीतिगत धारणा पनि स्थानीय तहसम्म पुर्‍याउनेछ।

उनले जारी गरेको भिडियो सन्देशमा यसपटक पार्टी केवल नागरिकका कुरा सुन्न नभई आफ्ना योजना, काम र आगामी राजनीतिक प्रक्रियाबारे जानकारी दिन पनि घरदैलोमा पुग्ने बताएकी छन्।

उम्मेदवार छनोटको विधि बुझाइने

रास्वपाले पालिका अभियानका दुई मुख्य उद्देश्य तय गरेको छ।

पहिलो, स्थानीय तहको कामकारबाही र आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने पार्टीको प्रक्रिया नागरिकलाई बुझाउने हो।

रास्वपाले स्थानीय तहमा उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ र आन्तरिक लोकतान्त्रिक छनोट प्रक्रियालाई अघि बढाइरहेको जनाएको छ। पार्टीले यसअघि नै स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदनसमेत मागेको थियो। OnlineKhabar News

पार्टीका अनुसार सक्षम, इमानदार र नेतृत्व लिन इच्छुक व्यक्तिलाई स्थानीय तहको उम्मेदवारका रूपमा कसरी अघि बढाइन्छ भन्ने प्रक्रिया अभियानमार्फत नागरिकलाई जानकारी गराइनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सरकार र संसदका काम पनि सुनाइने

अभियानको दोस्रो उद्देश्य वर्तमान सरकार गठनपछिका करिब ६ महिनामा सरकार र संसदमार्फत भएका काम तथा नीतिगत पहलको विवरण नागरिकसमक्ष पुर्‍याउनु रहेको छ।

रास्वपाले चुनावअघिका प्रतिबद्धता कहाँसम्म कार्यान्वयन भए, सरकारमार्फत के–कस्ता पहल भए र आगामी योजनाहरू के छन् भन्ने विषय पनि अभियानका क्रममा प्रस्तुत गर्ने जनाएको छ।

रास्वपाले अभियानलाई स्थानीय चुनावको तयारीमा मात्र सीमित नराखी स्थानीय सरकारलाई जवाफदेही बनाउने, नागरिक सहभागिता बढाउने र नयाँ नेतृत्व छनोट प्रक्रियाबारे सार्वजनिक संवाद गर्ने अभियानका रूपमा अघि बढाउने बताएको छ।

पार्टीले आगामी फागुनमा हुने भनिएको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट र संगठन विस्तारका गतिविधि यसअघि नै अगाडि बढाइसकेको छ। यसैक्रममा असोज २० देखि सुरु हुने पालिका अभियानलाई रास्वपाको स्थानीय चुनाव तयारीको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.