बुधबार, आश्विन १४,२०८३ 06:16:41
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 06:16:41
Bizshala
Global IME Bank Limited

चाडपर्वमा व्यापार नचल्दा व्यवसायी मारमा, बैंक ब्याजदेखि राजस्वसम्म असर

Bizshala
चाडपर्वमा व्यापार नचल्दा व्यवसायी मारमा, बैंक ब्याजदेखि राजस्वसम्म असर
New Office

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठले स्थानीय तहमा उपलब्ध स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्न उद्योग वाणिज्य संघ र स्थानीय सरकारबीच सार्वजनिक–निजी साझेदारी (PPP) को अवधारणामा काम गर्नुपर्ने बताएका छन्।

महासंघको अध्यक्ष पद सम्हालेपछि पहिलोपटक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सचिवालय पुगेका श्रेष्ठलाई कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले स्वागत तथा सम्मान गरेका थिए। 

कार्यक्रममा कोशी प्रदेश अध्यक्ष राउतले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे चर्चा गर्दै पछिल्लो समय देखिएका विपद्का कारण व्यवसायी थप समस्यामा परेको बताए। विशेषगरी चाडपर्वको समयमा अपेक्षाअनुसार व्यापार–व्यवसाय हुन नसक्दा व्यवसायी प्रभावित भएको र यसको प्रत्यक्ष असर बैंकको ब्याज भुक्तानीदेखि सरकारको राजस्व संकलनसम्म परेको उनको भनाइ थियो। 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राउतले कठिन अवस्थाका बीच पनि महासंघ कोशी प्रदेशले व्यवसायीलाई हौसला प्रदान गर्दै सुरक्षित र निर्भीक रूपमा व्यवसाय सञ्चालन गर्न आवश्यक समन्वय तथा सहजीकरण गरिरहेको बताए। उनले महासंघको आफ्नै भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी एक वर्षभित्र नयाँ भवनबाट सचिवालय सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। 

कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाल सरकारले इटहरीमा आयोजना गरेको सीप तथा रोजगार मेलामा सहभागी हुने क्रममा कोशी प्रदेश महासंघको सचिवालय आउने अवसर पाएको बताए। उनले प्रदेश महासंघबाट प्राप्त स्वागत तथा सम्मानप्रति आभार व्यक्त गरे। 

श्रेष्ठले कोशी प्रदेश महासंघ र प्रदेश सरकारबीचको सम्बन्ध सुमधुर रहेकाले प्रदेशमा विभिन्न गतिविधि सञ्चालन गर्न सहज वातावरण बनेको बताए। आगामी दिनमा सीपमूलक तालिमलाई थप प्रभावकारी बनाउँदै महिला उद्यमीको विकास र प्रवर्द्धनका लागि समेत कार्यक्रम सञ्चालन गर्न उनले प्रदेश महासंघलाई प्रोत्साहित गरे। 

उनले स्थानीय तहमा उपलब्ध स्रोत, साधन र सम्भावनाको उपयोग गर्न उद्योग वाणिज्य संघ र स्थानीय तहबीच PPP मोडलमा काम गर्नुपर्नेमा जोड दिए। यस विषयमा नगरपालिका महासंघ र गाउँपालिका महासंघसँग समेत छलफल तथा वार्ता भइरहेको उनले जानकारी दिए। 

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य गोपाल श्रेष्ठ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नवीन बस्नेत, केन्द्रीय सदस्य सुयश प्याकुरेललगायत सहभागी थिए। सहभागीहरूले मुलुकको वर्तमान आर्थिक अवस्था, व्यवसाय सञ्चालनमा देखिएका चुनौती तथा निजी क्षेत्रले भोगिरहेका समस्याबारे धारणा र सुझाव राखेका थिए। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.