काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई टोयोटा ब्राण्डका विभिन्न सवारी साधनहरू खरिदमा आकर्षक ब्याजदरसहित अन्य विशेष सुविधाहरु प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी. र युनाइटेड ट्रेडर्स सिन्डिकेटका तर्फबाट उपमहाप्रबन्धक रेखा शाह कार्कीले हस्ताक्षर गरे ।
यस समझदारी अनुसार ग्राहकले उक्त कम्पनीले बेच्दै आएका टोयोटा ब्राण्डका कुनै पनि गाडी खरिद गर्दा परिवर्तनीय ब्याजदर सुविधा लिने चाहने ग्राहकले औसत आधारदरमा थप १ प्रतिशत ब्याज सुविधामा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, स्थिर ब्याजदरको सुविधा लिन चाहने ग्राहकहरुका लागि भने ७ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदर सुविधामा कर्जा प्राप्त गर्न सक्छन् ।
त्यस्तै, अन्य सुविधाहरुमा प्रशासनिक सेवा शुल्कमा २५ बेसिस प्वाइन्ट छुट, छिटो र छरितो रुपमा कर्जा उपलब्ध गराउने ब्यवस्था बैंकले मिलाएको छ ।
बैंकले उपलब्ध गराएको यस सवारीसाधन कर्जा सुविधामार्फत ग्राहकहरुले टोयोटा ब्राण्डका उत्कृष्ट तथा लोकप्रिय गाडीहरु खरिद गर्न सक्नेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।