काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य घटेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा थियो।
त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०७ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १२ पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ १३ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ०७ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ५३ पैसा थियो।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।