शुक्रबार, आश्विन १६,२०८३ 02:25:14
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 02:25:14
Bizshala
Global IME Bank Limited

अन्तर्राष्ट्रिय डिजिटल भुक्तानीमा नयाँ फड्को, एनआईसी एशियाले भित्र्यायो Apple Pay र Google Pay

Bizshala
अन्तर्राष्ट्रिय डिजिटल भुक्तानीमा नयाँ फड्को, एनआईसी एशियाले भित्र्यायो Apple Pay र Google Pay
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले नेपालमै पहिलोपटक Apple Pay र Google Pay मार्फत हुने अन्तर्राष्ट्रिय भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकले असोज १६ गते जारी गरेको विज्ञप्तिअनुसार बैंकको ई–कमर्स पेमेन्ट गेटवे प्रयोग गरिरहेका मर्चेन्ट ग्राहकले अब Apple Pay तथा Google Pay मा आबद्ध Visa र Mastercard प्रयोगकर्ताबाट सहज र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन्।

बैंकले आफ्नो CyberSource Payment Gateway मा Apple Pay र Google Pay भुक्तानी प्रणाली आबद्ध गरेपछि यस्तो सुविधा उपलब्ध भएको हो। यसबाट नेपालका व्यवसायीले विदेशमा रहेका ग्राहकबाट डिजिटल माध्यममार्फत भुक्तानी प्राप्त गर्न थप सहज हुने बैंकको विश्वास छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

Apple Pay तथा Google Pay विश्वव्यापी रूपमा प्रयोग हुने मोबाइलमा आधारित डिजिटल भुक्तानी प्रणाली हुन्। यी प्रणालीमा प्रयोगकर्ताको वास्तविक कार्ड विवरणको सट्टा Tokenization प्रविधिमार्फत सुरक्षित विवरण प्रयोग हुने भएकाले कारोबारलाई थप सुरक्षित र सरल बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ।

यो सुविधा विशेषगरी होटल, टुर एन्ड ट्राभल्स, ह्यान्डिक्राफ्ट, एयरलाइन्स, ई–कमर्स तथा सूचना प्रविधि क्षेत्रका व्यवसायीका लागि उपयोगी हुने बैंकको भनाइ छ। बैंकको ई–कमर्स पेमेन्ट गेटवेमा आबद्ध मर्चेन्टले अन्तर्राष्ट्रिय ग्राहकबाट Apple Pay तथा Google Pay प्रयोग गरी भुक्तानी प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार नयाँ सेवाले नेपालका व्यवसायीलाई विदेशी ग्राहकसँग कारोबार गर्न सहज बनाउँदै उनीहरूको Payment Experience सुधार गर्न सहयोग पुर्‍याउनेछ। खासगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई–कमर्स, आईटी र वस्तु निर्यातमा संलग्न व्यवसायीले अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी संकलन गर्न थप विकल्प पाउनेछन्।

यसले एकातिर नेपाली व्यवसायीको अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तार गर्न सहयोग गर्ने र अर्कोतिर विदेशी मुद्रा आर्जन तथा अन्तरदेशीय कारोबार सहज बनाउन पनि भूमिका खेल्ने अपेक्षा बैंकले गरेको छ।

एनआईसी एशिया बैंकले यो सेवा सञ्चालनसँगै डिजिटल भुक्तानीलाई थप सरल, सुरक्षित र आधुनिक बनाउने तथा नेपालमा अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रणालीको प्रयोग विस्तार गर्ने लक्ष्य राखिएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.