काठमाण्डौ । कुमारी बैंक लिमिटेड र ठमेलस्थित रमदा अन्कोर बाइ विन्डम होटलबीच बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रमदा अन्कोरको होटल तथा रेस्टुरेन्टमा खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
त्यस्तै, होटलका विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा ग्राहकलाई किस्ताबन्दी (EMI) सुविधासमेत उपलब्ध गराइनेछ।
वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्नेछन्। पारिवारिक जमघट तथा कार्यक्रमका लागि पनि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
यसैगरी, रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको कोठा निःशुल्क प्राप्त गर्ने सुविधा पाउनेछन्।
ग्राहकलाई लक्षित गर्दै ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।
कुमारी बैंकले हाल देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले आगामी दिनमा पनि ग्राहकलाई सरल, सुलभ र थप उपयोगी सेवा उपलब्ध गराउन विभिन्न संस्थासँग सहकार्य गर्दै जाने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।