काठमाण्डौ । महालक्ष्मी विकास बैंकले दराजमार्फत अनलाइन किनमेल गर्ने ग्राहकलाई लक्षित गर्दै ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन गर्ने भएको छ। योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी हरेक सोमबार सामान खरिद गर्दा ग्राहकले एक हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्।
बैंकका अनुसार डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले दराज नेपालबाट न्यूनतम १ हजार ९९९ रुपैयाँको सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। डेबिट कार्डबाट प्राप्त हुने छुटको अधिकतम सीमा ७५० रुपैयाँ तोकिएको छ।
यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले न्यूनतम १ हजार ९९९ रुपैयाँको खरिदमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। क्रेडिट कार्डमा छुटको अधिकतम सीमा भने १ हजार रुपैयाँ रहनेछ।
यो योजना हरेक सोमबार मात्र लागू हुनेछ। छुट सीमित संख्यामा उपलब्ध हुने र ‘पहिले आउनेलाई प्राथमिकता’का आधारमा प्रदान गरिने बैंकले जनाएको छ।
डिजिटल भुक्तानी तथा नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले योजना सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ। यसबाट कार्डमार्फत हुने कारोबार विस्तार हुनुका साथै ग्राहकलाई दैनिक किनमेलमा बचत र थप सुविधा मिल्ने बैंकको विश्वास छ।
बैंकले हालै काठमाण्डौको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।