आईतवार, आश्विन १८,२०८३ 03:10:27
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 03:10:27
Bizshala
Global IME Bank Limited

वामपन्थी नेतृत्वविरुद्ध खनालको मोर्चाबन्दी, नयाँ पार्टीको संकेत

Bizshala
वामपन्थी नेतृत्वविरुद्ध खनालको मोर्चाबन्दी, नयाँ पार्टीको संकेत
New Office

 

काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा ‘समाजवादी जागरण अभियान’ सञ्चालन हुने भएको छ।

शनिबार खनालको नेतृत्वमा भएको गोप्य भेलाले ठूला वामपन्थी दलभित्र वैचारिक बहस र राजनीतिक प्रशिक्षण कमजोर हुँदै गएको निष्कर्ष निकाल्दै नयाँ राजनीतिक तथा वैचारिक अभियान अघि बढाउने निर्णय गरेको हो।

वामपन्थी नेता महेश्वर दाहालका अनुसार भेलामा नेकपा तथा विभिन्न वामपन्थी दलका ७० भन्दा बढी नेता सहभागी थिए। बिहानदेखि साँझसम्म चलेको भेलामा समसामयिक राजनीतिक तथा वैचारिक विषयमा विभिन्न प्रस्तावमाथि छलफल भएको थियो।

दाहालले अभियानको उद्देश्य र आगामी कार्यक्रमबारे सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइने बताए।

खनालले भने तत्काल नयाँ पार्टी गठन गर्ने निर्णय नभएको स्पष्ट पारेका छन्। उनका अनुसार ‘समाजवादी जागरण अभियान’ वामपन्थी आन्दोलनको पुनर्गठन र बृहत् वामपन्थी एकताका लागि पहल हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

तर पार्टी नेतृत्व नसच्चिएमा यही अभियान भविष्यमा नयाँ पार्टी गठनको आधार बन्न सक्ने दाहालले संकेत गरेका छन्।

खनाल पछिल्लो समय नेकपा नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका छन्। उनले यसअघि पार्टीमा ३६ बुँदे फरक प्रस्ताव तथा महाधिवेशनसम्बन्धी २२ बुँदे सुझावसमेत पेस गरेका थिए।

भेलामा नेकपा, एमाले, साविक एकीकृत समाजवादी तथा अन्य वामपन्थी समूहका नेताहरू सहभागी भएको बताइएको छ। खनालसँगै हरिबोल गजुरेल, कुलप्रसाद केसी, महेश्वर दाहाल, पानीराज बम्जनलगायत नेताहरू सहभागी भएको बुझिएको छ।

यता नेकपाका प्रवक्ता प्रकाश ज्वालाले भने भेलामा पार्टीबाट को–को सहभागी भए भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन्।

अब सोमबार हुने पत्रकार सम्मेलनबाट समाजवादी जागरण अभियानको वास्तविक उद्देश्य, सहभागी नेताहरू र आगामी राजनीतिक दिशाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.