काठमाण्डौ । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ।
सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिसलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतले जनाएको छ।
सर्वोच्च अदालतमा हाल चार न्यायाधीशको पद रिक्त रहेको छ। ती पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्ने विषय बैठकको प्रमुख एजेन्डा बन्न सक्ने बताइएको छ।
प्रधानन्यायाधीश केसीको अध्यक्षतामा रहने न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा सदस्यहरू महेशकुमार नेपाल र दामोदर खड्का रहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।