सोमबार, असार २,२०८२ 08:35:15
  • सोमबार, असार २,२०८२ 08:35:15
Global IME Bank Limited

घरजग्गा कारोबारमा कमी, वैशाखमा ४.२४ अर्ब राजश्व संकलन

Hyundai Nepal
घरजग्गा कारोबारमा कमी, वैशाखमा ४.२४ अर्ब राजश्व संकलन
Nabil Bank Limited

काठमाण्डौ । वैशाख महिनामा घरजग्गा कारोबारमा कमी आएको छ । भूमी व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार वैशाख महिनामा घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो रकम चैत महिनाको तुलनामा कम हो । सरकारले चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।  

देशभरका मालपोत कार्यालयबाट वैशाख महिनामा ४९ हजार ७८३ लिखत पारित भएको छ । चैत महिनामा भने ४९ हजार ६१२ वटा लिखत पारित भएको थियो । वैशाख महिनामा इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरे लिखत पारित भएको छ । इनरुवा मोलपोत कार्यालयबाट वैशाख महिनामा कुल २ हजार ११ वटा लिखत पारि भएको छ । चैतमा भने यो कार्यालयबाट २ हजार ८२ वटा लिखत पारित भएको थियो ।  

त्यस्तै सबैभन्दा धेरै लिखित पारित गर्नेमा जनकपुर मालपोत कार्यालय दोस्रो स्थानमा रहेको छ । यो कार्यालयबाट वैशाख महिनामा १ हजार ७६७ वटा लिखत पारित भएको छ । वैशाख महिनामा भद्रपुर मालपोत कार्यालयबाट १ हजार ७२८ वटा लिखत पारित भएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उपत्यकामा भने भक्तपुर मालपोत कार्यालयबाट सबैभन्दा धेरै लिखत पारित भएको छ । वैशाखमा भक्तपुर मालपोत कार्यालयबाट ९८४ वटा लिखत पारित भएको छ ।  

त्यस्तै लगनखेल मालपोत कार्यालयबाट ९५५ र कलंकी मालपोत कार्यालयबाट ६७९ वटा लिखत पारित भएको छ । चैतमा भने लगनखेल र कलंकी मालपोत कार्यालयबाट क्रमशः९५५ र ७३१ वटा लिखत पारित भएको थियो ।  

चालु आर्थिक वर्षको १० महिनाको अवधिसम्म भने देशभरका मालपोत कार्यालयबाट ३४ अर्ब ६० करोड रुपैयाँबराबरको राजश्व संकलन भएको भूमी व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.