घरजग्गा कारोबार फर्कियो लयमा, एक वर्षमै राजस्व संकलन ८ अर्बभन्दा बढी वृद्धि
-रविन ठकुरी काठमाण्डौ । सुस्ताउँदै गएको घरजग्गा कारोबारमा सुधार देखिन थालेसँगै यसबाट सरकारलाई प्राप्त हुने राजस्व पनि उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारबाट कुल ६० अर्ब ७३ करोड ७२ लाख ३२ हजार ७७१ रुपैयाँ राजस्व संकलन भएको छ।अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा कारोबारबाट करिब ५२ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। यस आधारमा एक वर्षमै...

