शनिबार, फाल्गुन १०,२०८१ 08:55:48
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:55:48
IME remit
Global IME Bank Limited

राष्ट्र बैंकको खुकुलो नीतिका कारण बढ्यो घरजग्गा कारोबार, चलायमान होला त अर्थतन्त्र ?

Hyundai Nepal
राष्ट्र बैंकको खुकुलो नीतिका कारण बढ्यो घरजग्गा कारोबार, चलायमान होला त अर्थतन्त्र ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको खुकुलो नीतिका कारण घरजग्गा कारोबार बढ्न थालेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत खुकुलो नीति लिएपछि घरजग्गाको कारोबार बढ्न थालेको हो ।  

नेपाल राष्ट्र बैंकले मोद्रिक नीतिको तेस्रो समीक्षामार्फत घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरेको थियो ।  

चालु आर्थिक वर्षको जेठ महिनामा ६१ हजार १६१ घरजग्गा कारोबार भएको छ । जुन चालु आर्थिक वर्षको महिनाहरुको तुलनामा सबैभन्दा धेरै हो । जेठ महिनामा सरकारले घरजग्गा कारोबारबाट ३२ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।  

यसअघि गत फागुन महिनामा सबैभन्दा धेरै घरजग्गा कारोबार भएको थियो । फागुन महिनामा ५० हजार ९९८ वटा घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउछ । फागुन महिनामा सरकारले घरजग्गा कारोबार बाट २५ करोड ६५ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यस्तै माघ र चैत महिनामा पनि क्रमशः ५० हजार ९२१ र ५० हजार २५२ वटा लिखत पारित भएको थियो । वैशाख  महिनामा भने ४९ हजार ७८२ घरजग्गा कारोबार भएको थियो । यो महिनामा २४ करोड १४ लाख रुपैयाँबराबरको राजश्व संकलन भएको थियो ।  

चालु आवको कात्तिक महिनामा भने सबैभन्दा कम कारोबार भएको थियो । यो महिनामा जम्मा २६ हजार वटा घरजग्गा कारोबार भएको थियो । यो महिना सरकाररले २० करोड १५ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।  

जेठ  महिनामा इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै कारोबार भएको छ । इनरुवा मोलपोत  कार्यालयबाट जेठ महिनामा २ हजार ३७६ वटा घरजग्गा कारोबार भएको छ । त्यपछि जनकपुर मालपोत  कार्यालयबाट २ हजार ३४८,भद्रपुरबाट १ हजार ९८१,बेलबारीबाट १ हजार ९५८ र राजविराग मालपोत कार्यालयबाट १ हजार ७२९ वटा लिखत पारित भएको छ ।  

जेठ महिनामा लगनखेल मालपोत कार्यालयबाट सबैभन्दा धेरै राजश्व संकलन भएको छ । यो कार्यालयबाट जेठ  महिनामा ४४ करोड १३ लाख राजश्व संकलन भएको छ । दोस्रोमा भक्तपुर मालपोत कार्यालयबाट सभैन्दा धेरै राजश्व संकलन भएको छ । यो कार्यालयबाट ३३ करोड ४९ लाख राजश्व संकलन भएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.