शुक्रबार, कार्तिक १३,२०८३ 07:06:23
  • शुक्रबार, कार्तिक १३,२०८३ 07:06:23
Global IME Bank Limited

अतिक्रमित जग्गामाथि सरकारको एक्सन, काठमाडौंको ३०२ रोपनी फिर्ता

Bizshala
अतिक्रमित जग्गामाथि सरकारको एक्सन, काठमाडौंको ३०२ रोपनी फिर्ता
New Office

काठमाण्डौ ।  सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका विभिन्न ७ वडामा रहेको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गरिएको छ।

भूमि प्रशासन कार्यालय डिल्लीबजारले काठमाडौं महानगरपालिका वडा नं. ४, ५, ८, ९, १०, १२ र २९ अन्तर्गत पर्ने जग्गामध्ये रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औंल्याइएको क्षेत्रफल कट्टा गरी नेपाल सरकारको नाममा ल्याएको हो।

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्दै अतिक्रमित तथा व्यक्तिका नाममा दर्ता भएका जग्गा सरकारको नाममा कायम गर्ने निर्णयअनुसार उक्त प्रक्रिया अघि बढाइएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले रावल आयोगको प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट सम्बन्धित क्षेत्रफल एकमुष्ट कट्टा गरी सरकारको नाममा ल्याउने काम सुरु गरेको छ।

प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख नापी अधिकृत रमेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव, सम्बन्धित भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत तथा नापी विभागका नापी अधिकृत सदस्यसचिव रहेका छन्।

Garima Development Bank
Bizshala
IME remit

रावल आयोगले २०५२ सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्था अध्ययन गर्दै अतिक्रमित तथा व्यक्तिका नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा संरक्षण गर्न सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो।

लामो समयसम्म कार्यान्वयनमा आउन नसकेको उक्त प्रतिवेदनलाई सरकारले अहिले क्रमशः कार्यान्वयनमा लैजान थालेको हो। आयोगले औंल्याएका सम्पूर्ण जग्गाको छानबिन गरी सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने प्रक्रिया अघि बढाइएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.