बिहीबार, चैत्र २१,२०८१ 04:10:39
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:10:39
IME remit
Global IME Bank Limited

घट्यो घरजग्गा कारोबार, राजश्व संकलनमा पनि १९.४२% को गिरावट

Hyundai Nepal
घट्यो घरजग्गा कारोबार, राजश्व संकलनमा पनि १९.४२% को गिरावट
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको भदौ महिनामा १ लाख १५ हजार ६४२ वटा घरजग्गा कारोबार भएको छ । यो संख्या गत साउनको तुलनामा कम हो ।  

साउनमा १ लाख २७ हजार २०६ वटा कारोबार भएको थियो ।  

यस्तै भदौ  महिनामा घरजग्गा कारोबारबाट प्राप्त हुने राजश्व समेत घटेको छ । भदौ महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ९ करोड २ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन गत साउन महिनाको तुलनामा १९.४२ प्रतिशतले कम हो । साउनमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ उठाएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै भदौमा ७ हजार ७३८ वटा कित्ताकाटको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।  साउनमा भने ४१ हजार ६८४ वटा कित्ताकाटको लिखत पारित भएको थियो । यसरी भदौमा कित्ताबाट लिखित ८१.४३ प्रतिशतले घटेको छ । भदौ लागेयता जग्गा वर्गीकरण नगर्दा मुलुकभरका ६ सय २० पालिकामा कित्ताकाट ठप्प थियो । जसका कारण भदौमा साउनको तुलनामा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व घटेको छ  ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भदौ महिनामा ३२ हजार ७९८ वटा कारोबारको लिखत पारित भएको विभागले जनाएको छ । जबकी साउनमा ४३ हजार ८३५ कारोबारको लिखत पारित भएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.