मंगलवार, आश्विन २०,२०८३ 12:28:28
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 12:28:28
Bizshala
Global IME Bank Limited

चार आयोजनाको ९६.५ मेगावाट बिजुली निर्यात अनुमति भारतले गर्‍यो नवीकरण

Bizshala
चार आयोजनाको ९६.५ मेगावाट बिजुली निर्यात अनुमति भारतले गर्‍यो नवीकरण
New Office

काठमाडौँ। भारतले नेपालका चार जलविद्युत् आयोजनाबाट उत्पादित ९६.५० मेगावाट बिजुली निर्यातको अनुमति नवीकरण गरेको छ। अनुमति नवीकरण भएपछि वर्षायाममा निर्यात रोक्ने जोखिम तत्कालका लागि टरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार माथिल्लो चमेलिया ३८.८, सेती नदी २४.२५, माथिल्लो दोर्दी ‘ए’ २४.२५ र माथिल्लो तादीखोला १०.७० मेगावाट आयोजनाको निर्यात अनुमति भारतले नवीकरण गरेको हो। यी आयोजनाको अनुमति गत जुनदेखि अगस्टसम्ममा सकिएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राधिकरणले अहिले भारततर्फ दैनिक औसत ६०० मेगावाट बिजुली निर्यात गरिरहेको छ। नेपालले वर्षायाममा बढी भएको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ भने हिउँदमा भारतबाट विद्युत् आयात गर्छ।

यद्यपि, भोटेकोशी बाढीका कारण त्रिशूली, चिलिमे र देवीघाट आयोजनामा क्षति पुगेपछि बंगलादेशतर्फको निर्यात प्रभावित भएको छ। अन्य आयोजनाबाट बंगलादेशमा विद्युत् निर्यातका लागि प्राधिकरणले भारतसँग अनुमति मागिरहेको जनाएको छ।

हालसम्म नेपालले ३७ आयोजनाबाट १ हजार २०० मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात गर्ने अनुमति पाएको छ। तर, बाढीपहिरोबाट करिब ४३० मेगावाट क्षमताका आयोजनामा क्षति पुगेपछि भदौमा निर्यात परिमाण घटेको प्राधिकरणले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.