काठमाण्डौ । एनआईसी एशिया बैंकले हाल सञ्चालनमा रहेको iTouch Internet Banking सेवा बन्द गर्ने भएको छ। बैंकले सार्वजनिक सूचनामार्फत आगामी २०८३ माघ १ गते (जनवरी १५, २०२७) देखि iTouch सेवा बन्द हुने जानकारी दिएको हो।
बैंकले iTouch सेवा प्रयोग गरिरहेका ग्राहकलाई सो अवधिभित्र OMNI Web Based Mobile Banking सेवामा दर्ता भई सेवा सञ्चालन गर्न आग्रह गरेको छ। बैंकका अनुसार iTouch बन्द भएपछि OMNI सेवा पूर्णरूपमा निष्क्रिय गरिने नभई, ग्राहकलाई त्यही प्लेटफर्ममार्फत सेवा निरन्तर उपलब्ध गराइनेछ।
बैंकले iTouch Internet Banking मा नयाँ दर्ता तथा नवीकरण पूर्णरूपमा बन्द रहने जनाएको छ।
यस्तै, हालका ग्राहकलाई OMNI मा सर्नका लागि २०८३ पुस ३० गतेसम्म समय उपलब्ध गराइनेछ। त्यस अवधिसम्म ग्राहकले OMNI मा दर्ता भई सेवा सक्रिय गरिसक्नुपर्ने बैंकले स्पष्ट पारेको छ।
OMNI मा दर्ता तथा सेवा सक्रिय गर्न ग्राहकले बैंकको अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन् भने नजिकको शाखामा सम्पर्क गरेर पनि सेवा लिन सकिने व्यवस्था गरिएको छ।
बैंकले थप जानकारी वा सहयोगका लागि आफ्नो ग्राहक सेवा केन्द्र तथा नजिकको शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।
एनआईसी एशियाले डिजिटल बैंकिङ सेवालाई एकीकृत गर्दै लैजाने क्रममा पुरानो iTouch Internet Banking सेवा बन्द गरी OMNI प्रणालीतर्फ ग्राहकलाई स्थानान्तरण गर्न लागेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।