काठमाण्डौ । भोटेकोशी बाढीले बगाएको रसुवा र नुवाकोटको सीमास्थित बेत्रावतीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार शुक्रबार बेलिब्रिज वारपार टेकाइएको छ। बाँकी जडान कार्य शनिबारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
मन्त्रालयले आइतबारदेखि बेलिब्रिजमार्फत सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ।
बेलिब्रिज सञ्चालनमा आएपछि गल्छीदेखि रसुवाको स्याफ्रुबेसी वारीसम्मको सडक सञ्जाल पुनः जोडिनेछ। यसबाट बाढीका कारण अवरुद्ध सडक सम्पर्क पुनःस्थापना भई रसुवातर्फको यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ।
भोटेकोशीमा आएको बाढीले बेत्रावती क्षेत्रको सडक सम्पर्कमा क्षति पुर्याएपछि अस्थायी विकल्पका रूपमा बेलिब्रिज जडानको काम अघि बढाइएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।