सोमबार, आश्विन २६,२०८३ 01:31:58
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 01:31:58
Bizshala
Global IME Bank Limited

बाढी प्रभावितका लागि सामसङको विशेष मर्मत अभियान, केही उपकरणमा १०० प्रतिशतसम्म छुट

Bizshala
बाढी प्रभावितका लागि सामसङको विशेष मर्मत अभियान, केही उपकरणमा १०० प्रतिशतसम्म छुट
New Office

काठमाण्डौ । सामसङ नेपालले हालैको बाढीबाट प्रभावित समुदायलाई लक्षित गर्दै विशेष मर्मत सेवा अभियान सञ्चालनमा ल्याएको छ। बाढीका कारण क्षति पुगेका मोबाइल फोन तथा घरायसी इलेक्ट्रोनिक्स उपकरण मर्मत गर्दा लाग्ने आर्थिक भार कम गर्ने उद्देश्यले कम्पनीले यो अभियान सुरु गरेको जनाएको छ। 

अभियानअन्तर्गत नारायणघाट सर्भिस सेन्टर र पाको ताम्राकारस्थित सर्भिस सेन्टरबाट विशेष मर्मत सेवा उपलब्ध गराइएको छ। घरायसी इलेक्ट्रोनिक्स सामानका लागि भने आवश्यकताअनुसार घरमै पुगेर सेवा दिने व्यवस्था गरिएको छ। अभियानमा स्मार्टफोन, ट्याब्लेट, फ्रिज, वासिङ मेसिन, टेलिभिजनलगायतका योग्य सामसङ उपकरण समेटिएका छन्। 

कम्पनीका अनुसार यो सेवा नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ स्थानीय तह तथा रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा र तनहुँलगायत बाढी प्रभावित तथा आसपासका जिल्लाका ग्राहकलाई लक्षित गरी ल्याइएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अभियानअन्तर्गत वारेन्टी अवधि बाँकी रहेका छनोट भएका घरायसी उपकरणमा मर्मत तथा आवश्यक परे नयाँ सामानमा परिवर्तन गर्दा १०० प्रतिशतसम्म सुविधा दिइनेछ। एकदेखि दुई वर्ष पुराना उपकरणमा ८० प्रतिशतसम्म तथा दुई वर्षभन्दा पुराना योग्य उपकरणमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ। 

मोबाइलतर्फ पनि वारेन्टीभित्र रहेका स्मार्टफोन र ट्याब्लेटमा मर्मत तथा नयाँ उपकरणमा परिवर्तन गर्दा १०० प्रतिशतसम्म सुविधा उपलब्ध हुनेछ। एकदेखि दुई वर्ष पुराना मोबाइल उपकरणमा ८० प्रतिशत र दुईदेखि चार वर्ष पुराना उपकरणमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार कुनै उपकरणको नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्चसमेत जोड्दा कुल लागत उक्त उपकरणको सिफारिस गरिएको खुद्रा मूल्यको ८० प्रतिशतभन्दा बढी पुग्ने अवस्था आएमा मर्मतको सट्टा नयाँ सामान उपलब्ध गराउने विकल्पमा समेत विचार गर्न सकिनेछ। 

यो विशेष मर्मत सेवा अभियान अक्टोबर २ देखि नोभेम्बर २, २०२६ सम्म सञ्चालन हुनेछ। नारायणघाट र पाको ताम्राकारका सेवा केन्द्रलाई अभियानका प्रमुख सर्भिस क्याम्पका रूपमा प्रयोग गरिएको छ। योग्य स्मार्टफोन र ट्याब्लेट भएका ग्राहकले जाँच तथा मर्मतका लागि आफ्ना उपकरण सिधै ती सर्भिस क्याम्पमा लैजान सक्नेछन्। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.