शनिबार, आश्विन १७,२०८३ 07:48:59
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 07:48:59
Bizshala
Global IME Bank Limited

रुपनी–छिन्नमस्ता सडक निर्माण सम्पन्न गराउन आयोजना प्रमुखदेखि प्रधानमन्त्रीसम्मलाई भेट

Bizshala
रुपनी–छिन्नमस्ता सडक निर्माण सम्पन्न गराउन आयोजना प्रमुखदेखि प्रधानमन्त्रीसम्मलाई भेट
New Office

काठमाण्डौ । निर्माणाधिन रूपनी–छिन्नमस्ता सडकको काम तिव्र गतिमा सम्पन्न गराउन छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी सक्रिय देखिएका छन् ।  

यस सडको कामलाई चाँडै सम्पन्न गराउन बुधबार उनले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमक (झापादेखि कमलासम्म)को प्रमुख सुई विनोद मौवारसँग छलफल गरेका छन् ।

छलफलमा आयोजना प्रमुख मौवारले असारभित्र काम सम्पन्न हुने बाचा गरेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

’टेन्डर भएको २ बर्ष भइसकेको छ, काम सुस्त गतिमा भइरहेको छ,’ उनले भने, ’हिजै आयोजना प्रमुखसँग कार्यपालिका सदस्य, सडक डिभिजन कार्यालय लहानका कर्मचारी र ठेकेदारलाई राखेर छलफल गरेका छौँ।’  

त्यस सडकको काम  पुरा भएसँगै छिन्नमस्तामा आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

’यो सडकले ऐतिहासिक धार्मिकस्थल  छिन्नमस्ता शक्तिपीठ अवातजावतमा पर्यटकलाई  सहज हुनेछ जसले यहाँ आन्तिरक तथा बाह्य पर्यटकको राम्रो संख्यामा बृद्धि हुन्छ,’  उनले भने, ’यसले यहाँको स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्नेछ ।’

अध्यक्ष चौधरीले उक्त सडक निर्माण गर्न प्राथमिकताका साथ लागेको बताए ।

यसअघि उक्त सडक निर्माणको लागि पालिका अध्यक्ष चौधरीले भौतिक पूर्वाधारमन्त्री, मुख्य सचिव, सडक विभागप्रमुखदेखि प्रधानमन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाएका थिए ।  

समयमा सडक निर्माण काम पुरा नभए र काम सुस्त गतिमै भइरहे पालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अधिकारको प्रयोग गरि अगाडि बढ्ने कुरा समेत आयोजना प्रमुखलाई छलफलमा सुनाइएको पालिका अध्यक्ष चौधरीले बताए ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.