शुक्रबार, आश्विन ३०,२०८३ 01:27:58
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 01:27:58
Bizshala
Global IME Bank Limited

दशैं–तिहार र छठमा वालेट लोड गर्ने सीमा पाँच गुणा बढ्यो

Bizshala
दशैं–तिहार र छठमा वालेट लोड गर्ने सीमा पाँच गुणा बढ्यो
New Office

काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गर्दै डिजिटल भुक्तानीलाई थप सहज बनाएको छ। केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गरी दशैं, तिहार र छठको अवधिमा व्यक्तिगत वालेटमा रकम जम्मा गर्न सकिने दैनिक पटक संख्या बढाएको हो।

नयाँ व्यवस्थाअनुसार प्राकृतिक व्यक्तिले तोकिएको चाडपर्व अवधिमा एक दिनमै ५० पटकसम्म वालेटमा रकम लोड गर्न सक्नेछन्। यसअघि यस्तो सीमा दैनिक १० पटकसम्म मात्र थियो।

राष्ट्र बैंकले यो विशेष सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म तथा कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुने व्यवस्था गरेको छ। यससँगै चाडपर्वका बेला डिजिटल भुक्तानीको बढ्दो चाप व्यवस्थापन गर्न र प्रयोगकर्तालाई बढी लचिलो सुविधा दिन खोजिएको देखिन्छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

केन्द्रीय बैंकले पछिल्लो समय नगद कारोबार घटाउँदै डिजिटल माध्यमको प्रयोग विस्तार गर्ने नीतिलाई प्राथमिकता दिँदै आएको छ। दशैं, तिहार र छठका अवसरमा दक्षिणा तथा अन्य भुक्तानीसमेत डिजिटल माध्यमबाट गर्न राष्ट्र बैंकले आग्रह गर्दै आएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले बढाइएसँगै चाडपर्वका बेला डिजिटल कारोबार थप सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी किनमेल, दक्षिणा, सेवा भुक्तानी तथा साना–ठूला दैनिक कारोबारमा वालेटको प्रयोग बढ्ने सम्भावना देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.