आईतवार, कार्तिक १,२०८३ 04:52:20
  • आईतवार, कार्तिक १,२०८३ 04:52:21
Global IME Bank Limited

तीन हजारको बिलमा १० लाखको बम्पर, करदाता उपहारमा १७ उपभोक्ता विजेता

Bizshala
तीन हजारको बिलमा १० लाखको बम्पर, करदाता उपहारमा १७ उपभोक्ता विजेता
New Office

काठमाडौं । तीन हजार रुपैयाँको खरिद बिल प्रविष्टि गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। असोज महिनाको दोस्रो पाक्षिकको नतिजाअनुसार एसएस फेन्सी हाउसबाट खरिद गरिएको उक्त बिलसँग सम्बन्धित कुपन बम्पर विजेता बनेको हो।

असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको कार्यक्रममा बम्परसहित १७ जना उपभोक्ता विजेता घोषित भएका छन्। बाँकी १६ जनाले दैनिक पुरस्कारतर्फ जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ जितेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

काठमाडौंको न्यूरोडस्थित विशाल बजार परिसरमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार तथा निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा विजेता छनोट तथा घोषणा गरेका हुन्। कार्यक्रमको कार्यविधिअनुसार विजेता चयन गरिएको जनाइएको छ।

बम्पर पुरस्कार जित्ने कुपन नम्बर ‘०८१ ६३२ ५१५ ८४९’ रहेको छ। सार्वजनिक नतिजामा उक्त कुपनसँग सम्बन्धित कारोबार एसएस फेन्सी हाउसमा भएको र बिल रकम तीन हजार रुपैयाँ रहेको उल्लेख छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

दैनिक पुरस्कारतर्फ विजेता बनेका कुपनहरू अरोमा क्याफे एन्ड रेस्टुरेन्ट, सन्ध्या चाइनिज स्किन केयर, घरेलु मिट मार्ट, भाटभटेनी, मेटलाइफ, शेर्पा आउटडोर, अब्दुल रहमान सिरक डसना ट्रेडर्स र तन्दुरी दरबारसँग सम्बन्धित कारोबारका छन्।

त्यस्तै, ओम ढाका एन्ड भेराइटी सेन्टर, एस राज ट्रेडर्स, ओशो मार्ट, मेट्रो मार्केट, हिताङ फेन्सी स्टोर्स, विकास जनरल स्टोर्स, अर्घाखाँची मासु पसल र न्यू सुलभ एन्ड कोल्ड स्टोर्सबाट भएका कारोबारका कुपन पनि दैनिक पुरस्कारका लागि छनोट भएका छन्।

सार्वजनिक गरिएको सूचीमा विजेताको व्यक्तिगत नामको सट्टा कुपन नम्बर, आंशिक रूपमा लुकाइएको मोबाइल नम्बर, कारोबार भएको व्यवसाय र बिल रकम उल्लेख गरिएको छ। यसअनुसार सहभागी उपभोक्ताले आफ्नो कुपन नम्बर विजेता सूचीसँग मिलाएर नतिजा पहिचान गर्न सक्छन्।

वस्तु तथा सेवा खरिद गर्दा बिल लिने र त्यसको विवरण प्रविष्टि गर्ने अभ्यासलाई प्रोत्साहन गर्न सञ्चालित यस कार्यक्रमको पछिल्लो नतिजामा रेस्टुरेन्ट, खुद्रा पसल, मासु पसलदेखि बीमासम्मका कारोबार समेटिएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.