आईतवार, बैशाख ६,२०८३ 08:07:23
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:07:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मौद्रिक समीक्षामा समेटिएको एउटा बुँदा, जसले प्रभाव पर्नसक्छ सेयर बजारमा

Bizshala
मौद्रिक समीक्षामा समेटिएको एउटा बुँदा, जसले प्रभाव पर्नसक्छ सेयर बजारमा
Shivam Cement

काठमाण्डौ । राष्ट्रबैंकले मौद्रिक नीतिको तेश्रो समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले सेयर बजार वा अन्य क्षेत्रमा गरेको लगानी बिक्रीसम्बन्धी लचक व्यवस्था गरेको छ ।  

यो व्यवस्थाले सेयर बजारमा प्रभाव पार्ने देखिन्छ ।  साबिकको तुलनामा बैंकहरुले आफूसँग भएको सेयर निकै ठूलो भोल्युममा बिक्री गर्न पाउने व्यवस्थाले ती संस्थाहरुको बुक बलियो बनाउन सहयोग पुग्छ, तर बजारमा भने सप्लाई बढेर नकारात्मक असर पर्नसक्छ । 

सेयरमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई केही वर्षअघिदेखि कडाई गरेको केन्द्रीय बैंकले त्यसमा क्रमशः लचक बन्न थालेको संकेत समेत देखाएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

दुई वर्षअघि बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने राष्ट्रबैंकले व्यवस्था गरेको थियो ।  

तर, शुक्रबार मौद्रिक नीतिको तेश्रो समीक्षामार्फत यस्तो व्यवस्थामा व्यापक लचक नीति अपनाइएको छ ।  

‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ ।’ मौद्रिक समीक्षामा भनिएको छ ।  

राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा कम अवधिको लागि शेयरमा लगानी गर्न नपाउने व्यवस्थामा भने अझै लचक नीति लिन सकेको छैन ।  

त्यस्तै बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था पनि यथावत छ ।  

साथै विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक बैंक तथा वित्तीय संस्थाले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने व्यवस्था पनि यथावत छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.