काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बसोबास र जीविकोपार्जनसम्बन्धी अनुदान वितरण प्रक्रिया कार्यान्वयनतर्फ अघि बढेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘भोटेकोशी बाढी प्रभावितका लागि बसोबास र जीविकोपार्जनको अनुदान रकम वितरण प्रक्रिया, २०८३’ कार्यान्वयन तथा सूचना प्रणाली आरएमआईएसको प्रभावकारी प्रयोग सुनिश्चित गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको अध्यक्षतामा कात्तिक ११ गते आयोजित कार्यक्रममा जिल्लाका बाढी प्रभावित स्थानीय तह तथा वडाका कर्मचारीहरूको सहभागिता थियो।
अभिमुखीकरणमार्फत प्रभावित परिवारको विवरण व्यवस्थापन, लाभग्राही पहिचान, अनुदान वितरण प्रक्रिया तथा आरएमआईएस प्रणालीको प्रयोग प्रभावकारी बनाउने विषयमा जानकारी दिइएको थियो।
कार्यक्रम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय नुवाकोटको समन्वय र सहजीकरणमा सम्पन्न भएको हो।
कार्यक्रममा सीआरएस नेपाल र नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले प्राविधिक सहयोग गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।