बिहीबार, कार्तिक १२,२०८३ 01:58:16
  • बिहीबार, कार्तिक १२,२०८३ 01:58:16
Global IME Bank Limited

सानिमा बैंकको नाफामा १३१ प्रतिशतको छलाङ, खराब कर्जा घट्दा ईपीएस २९ रुपैयाँमाथि

Bizshala
सानिमा बैंकको नाफामा १३१ प्रतिशतको छलाङ, खराब कर्जा घट्दा ईपीएस २९ रुपैयाँमाथि
New Office

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै उत्साहजनक वित्तीय प्रदर्शन गरेको छ। बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३१ प्रतिशतभन्दा बढीले बढेको छ भने खराब कर्जाको अनुपात घटेको छ। कर्जा नोक्सानी व्यवस्थापनबापत छुट्याउनुपर्ने रकम उल्लेख्य रूपमा घटेपछि बैंकको सञ्चालन नाफा र प्रतिसेयर आम्दानीमा समेत ठूलो छलाङ देखिएको छ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकले १ अर्ब ५ करोड १४ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको खुद नाफा ४५ करोड ४९ लाख १८ हजार रुपैयाँमा सीमित थियो। यस आधारमा बैंकको नाफा एक वर्षमै १३१.१३ प्रतिशतले बढेको छ।

बैंकको नाफामा आएको ठूलो वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापन अर्थात् इम्पेयरमेन्ट चार्जमा आएको गिरावट प्रमुख कारण देखिएको छ। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३३ करोड ९ लाख ७६ हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ९५ करोड ६७ लाख ७५ हजार रुपैयाँ थियो। अर्थात् बैंकको इम्पेयरमेन्ट चार्ज करिब ६५ प्रतिशतले घटेको छ।

इम्पेयरमेन्ट चार्ज घट्नुका साथै बैंकको खुद ब्याज आम्दानीसमेत बढेको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब ८४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी करिब ९.४२ प्रतिशतले बढेको देखिन्छ।

यस अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी पनि सुधारिएको छ। बैंकले पहिलो त्रैमासमा ४४ करोड ७८ लाख रुपैयाँ हाराहारी खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी करिब ३० करोड ४९ लाख रुपैयाँ थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

व्यवसायबाट हुने आम्दानीमा सुधार र इम्पेयरमेन्ट चार्जमा आएको ठूलो गिरावटको प्रभाव बैंकको सञ्चालन नाफामा स्पष्ट देखिएको छ। बैंकको सञ्चालन नाफा बढेर १ अर्ब ७४ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सञ्चालन नाफा ६५ करोड ७६ लाख रुपैयाँ मात्रै थियो। यस हिसाबले बैंकको सञ्चालन नाफा करिब १६५ प्रतिशतले बढेको छ।

बैंकको खराब कर्जा अनुपातमा समेत सुधार भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २.८६ प्रतिशत कायम भएको छ। पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जा व्यवस्थापन चुनौती बनिरहेका बेला सानीमाले एनपीएल घटाउन सफल भएको देखिएको छ।

Garima Development Bank
Bizshala
IME remit

नाफामा आएको ठूलो वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि आकर्षक सुधार आएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर २९.१७ रुपैयाँ पुगेको छ।

बैंकको कोषको लागतसमेत घटेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ४.३२ प्रतिशत रहेको कस्ट अफ फण्ड चालु आर्थिक वर्षको सोही अवधिमा ३.३५ प्रतिशतमा झरेको छ। बेस रेटसमेत ७.९२ प्रतिशतबाट घटेर ७.६५ प्रतिशत कायम भएको छ।

बैंकको पूँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत छ भने सीडी रेसियो ७८.६५ प्रतिशत रहेको छ।

असोज मसान्तसम्म बैंकसँग साधारण सेयरधनीलाई वितरण गर्न मिल्ने सञ्चित नाफा करिब १ अर्ब ९९ करोड रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.