आईतवार, कार्तिक १५,२०८३ 01:44:41
  • आईतवार, कार्तिक १५,२०८३ 01:44:41
Global IME Bank Limited

सिद्धार्थ बैंकको नाफा १६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा रु. ३.५७ अर्ब

Bizshala
सिद्धार्थ बैंकको नाफा १६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा रु. ३.५७ अर्ब
New Office

काठमाण्डौ । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा १६२.७५ प्रतिशतले बढाएको छ। बैंकले असोजसम्म ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ थियो।

बैंकको नाफामा आएको तीव्र सुधारमा खुद ब्याज आम्दानीको वृद्धिसँगै कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको खर्च घट्नुको ठूलो योगदान देखिएको छ। कुल सञ्चालन आम्दानी ७.५३ प्रतिशतले बढ्दा यस्तो नोक्सानीबापतको खर्च भने आधाभन्दा बढी घटेको छ।

बैंकको खुद ब्याज आम्दानी १०.५० प्रतिशतले बढेर २ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ थियो। 

शुल्क तथा कमिसनतर्फको खुद आम्दानी पनि १०.९४ प्रतिशतले बढेर ५७ करोड ७ लाख रुपैयाँ पुगेको छ। खुद ट्रेडिङ आम्दानी ९ करोड ८० लाख रुपैयाँबाट बढेर १९ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यद्यपि अन्य सञ्चालन आम्दानी भने ३१ करोड ५५ लाख रुपैयाँबाट घटेर १६ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आम्दानी र नोक्सानी व्यवस्थाबापतको खर्चमा आएको परिवर्तनसँगै बैंकको सञ्चालन नाफा १४७.०९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष पहिलो त्रैमासमा ५० करोड ६० लाख रुपैयाँ रहेको सञ्चालन नाफा यसपटक १ अर्ब २५ करोड ५ लाख रुपैयाँ पुगेको छ।

कर्जाको गुणस्तरसम्बन्धी सूचकमा पनि सुधार देखिएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३.८० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यसपटक ३.७० प्रतिशतमा झरेको छ। 

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ७.८२ रुपैयाँबाट बढेर १८.७६ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १९९.६१ रुपैयाँ रहेको छ। बैंकको पुँजीकोष अनुपात अघिल्लो वर्षको सोही अवधिको १२.२१ प्रतिशतबाट बढेर १२.२९ प्रतिशत पुगेको छ।

Garima Development Bank
Bizshala
IME remit

बैंकको कोष लागत अघिल्लो वर्षको पहिलो त्रैमासको ४.१२ प्रतिशतबाट घटेर ३.२७ प्रतिशतमा झरेको छ। मासिक आधारदर ५.९० प्रतिशतबाट ४.८७ प्रतिशतमा आएको छ। स्रोतको लागत घटे पनि ब्याजदर अन्तर भने ३.९८ प्रतिशतबाट घटेर ३.६८ प्रतिशत भएको छ।

सो अवधिसम्म वितरणयोग्य रकम ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ पुगेको छ। भदौ २५ गते २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र परिपक्व भएपछि त्यससँग सम्बन्धित ‘क्यापिटल रिडेम्पसन रिजर्भ’को रकम पुँजी समायोजन जगेडामा सारिएको हो। यस कोषमा अघिदेखिकै ६८ करोड ३१ लाख रुपैयाँसमेत रहेको छ।

बैंकले पुँजी समायोजन जगेडाबाहेक वार्षिकीकरण गरिएको वितरणयोग्य नाफाको सूचक ६.०७ प्रतिशत र उक्त जगेडासमेत समावेश गर्दा २५.६३ प्रतिशत देखाएको छ। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.