बुधबार, कार्तिक १८,२०८३ 06:10:47
  • बुधबार, कार्तिक १८,२०८३ 06:10:47
Global IME Bank Limited

२४ घण्टामै स्टार्टअपको परीक्षा, उत्कृष्ट तीन टोली सीधै लगानीकर्तासामु

Bizshala
२४ घण्टामै स्टार्टअपको परीक्षा, उत्कृष्ट तीन टोली सीधै लगानीकर्तासामु
New Office

काठमाण्डौ ।  नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) को संयुक्त आयोजनामा आगामी नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ। कार्यक्रम काठमाडौं वर्ल्ड स्कुलमा हुनेछ।

ह्याकाथनको उद्देश्य नवप्रवर्तनमा आधारित व्यवसायिक अवधारणा, प्रविधिमुखी समाधान तथा बजार विस्तारको सम्भावना भएका स्टार्टअप पहिचान गरी तिनलाई लगानीकर्ता र उद्यमशीलता क्षेत्रका सरोकारवालासँग जोड्नु हो। सहभागी टोलीले २४ घण्टाभित्र आफ्नो आइडिया परिष्कृत गर्दै व्यवसायिक मोडेल, बजारको आवश्यकता, समाधानको सम्भाव्यता र विस्तार योजना निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यक्रमबाट उत्कृष्ट तीन स्टार्टअप टोली छनोट गरिनेछ। ती टोलीले लगानीकर्ता, मार्गदर्शक तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष आफ्नो व्यवसायिक अवधारणा प्रस्तुत गर्ने अवसर पाउनेछन्।

आयोजकका अनुसार यो कार्यक्रम केवल उत्कृष्ट आइडिया छनोटमा सीमित नभई सम्भावनायुक्त आइडियालाई दिगो व्यवसायमा रूपान्तरण गर्न आवश्यक लगानी, मार्गदर्शन र व्यवसायिक सञ्जालसँग जोड्ने प्लेटफर्मका रूपमा अघि सारिएको हो। 

Garima Development Bank
Bizshala
IME remit

नेपालका प्रारम्भिक चरणका स्टार्टअपहरूले लगानीमा पहुँच, बजार पहिचान, अनुभवी मार्गदर्शन र व्यवसायिक नेटवर्कको अभाव झेल्दै आएको अवस्थामा ह्याकाथन उपयोगी हुने अपेक्षा गरिएको छ।

‘स्टार्टअप ह्याकाथन—भोल्युम IV’ नोभेम्बर ५–६ मा सञ्चालन हुनेछ। सहभागी हुन इच्छुक स्टार्टअप तथा नवप्रवर्तकहरूले आयोजकले उपलब्ध गराएको माध्यमबाट आवेदन दिन सक्नेछन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.