काठमाण्डौ । नेपालले भारततर्फ हुँदै आएको विद्युत् निर्यातको सीमा थप विस्तार गर्न भारतीय पक्षसँग आग्रह गरेको छ।
भारतीय विदेश सचिव विक्रम मिस्रीसँग बुधबार भएको भेटवार्तामा नेपाल–भारत ऊर्जा सहकार्य, विद्युत् व्यापार र जलविद्युत् आयोजना विकासका विषयमा छलफल भएको हो।
भेटमा नेपालबाट भारततर्फ हुँदै आएको विद्युत् निर्यातको सीमा थप विस्तार गर्ने विषयसँगै मौसमसम्बन्धी सूचना तथा तथ्यांक आदानप्रदानमा सहकार्य बढाउने प्रस्ताव पनि नेपाली पक्षले राखेको छ।
त्यसैगरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, अरुण तेस्रो, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्रगतिका विषयमा समेत छलफल भएको जनाइएको छ।
नेपालको जलविद्युत् सम्भावनालाई क्षेत्रीय ऊर्जा व्यापार र आर्थिक समृद्धिसँग जोड्न द्विपक्षीय सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो।
दुवै पक्षबीच उठेका विषयलाई निरन्तर संवाद र समन्वयमार्फत अघि बढाउने सहमति भएको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।