काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ललितपुर महानगरपालिका वडा नं. १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रमा विद्यालयका प्रधानाध्यापक पुष्प राजजोशी,गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना प्रधान, अनुपलना अधिकृतको उपस्थितिका साथै संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
यो वित्तीय साक्षरता कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्नेे तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।
संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी एटीएम सेवा, मोबाइल बैकिङ सेवाहरु जस्ता आधुनिक बैकिङ सेवाहरु समेत प्रदान गर्दै आईरहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।